२५ जेष्ठ २०८३, सोमबार
,
Latest
एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऋत बास्केटबलमा १२० टोली



अ+ अ-

काठमाडौँ । ऋत एकेडेमीको आयोजनामा हुने दोश्रो ऋत एसइइ कप थ्री अन थ्री बास्केटबल प्रतियोगितामा १ सय २० टोलीको सहभागिता रहने भएको छ ।

ब्वाइजमा ९६ तथा गल्र्समा २४ टिमले भाग लिने निश्चित भइसकेको ऋतका प्रिन्सिपल आनन्दकुमार यादवले जानकारी गराए ।

शीर्ष तीन स्थान हात पार्ने टोलीले नगद पुरस्कारसहित ऋतमा कक्षा ११ मा अध्ययन गर्न इच्छुकले छात्रवृत्ति पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई पनि छात्रवृत्ति दिइने छ ।

विजेताले ७ हजार नगद पुरस्कारसहित १०० प्रतिशत छात्रवृत्ति पाउने छन् । उपविजेतालाई ५ हजार नगदसहित ६० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ । तेश्रोले ३ हजार ५ सय नगदसहित ४० प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने छन् ।

‘मोस्ट भेलुएबल प्लेयर’ लाई पनि १०० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ । दुईदिने नकआउट प्रतियोगिताका खेलहरु बसुन्धरास्थित आयोजक ऋतको आफ्नै कोर्टमा खेलाइने छ ।