२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

गिनियामाथि ब्राजिलको सानदार जित



अ+ अ-

एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले सानदार जित निकालेको छ । ब्राजिलले अफ्रिकी राष्ट्र गिनियामाथि ४–१ को सहज जित दर्ता गरेको हो ।

ब्राजिललाई फराकिलो जित दिलाउन जोएलिन्टन, रोड्रिगो, एडर मिलिसाओ र भिनिसियस जुनियर(पेनाल्टी)ले एक–एक गोल गरे । सेरहोउ गुइरासेले गिनियाका लागि एक गोल फर्काए ।

आरसीडिइ स्टेडियम स्पेनमा भएको खेलको २७औं मिनेटमा जोएलिन्टनले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाए । उनको यो डेब्यु गोल समेत हो । ३०औं मिनेटमा रोड्रिगोले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे ।

३६औं मिनेटमा गुइरासेले गोल गर्दै खेललाई पहिलो हाफमा २–१ को स्थितिमा ल्याए । ४७औं मिनेटमा मिलिसाओले गोल गर्दै ब्राजिललाई सहज जिततर्फ अघि बढाए ।

यस्तै, ८८औं मिनेटमा भिनिसियसले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई ४–१ को सानदार जित दिलाए ।