२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोटः जिम्बावेलाई नेपालले दियो २९१ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले घरेलु टोली जिम्बावेलाई २९१ रनको विजयी लक्ष्य दिएको छ ।

हरारे स्पोट्र्स क्लबमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २९० रन जोडेको हो ।

नेपालका लागि कुशल भुर्तेलले ९९ रनको योगदान दिए । ९५ बल खेलेका कुशलले १३ चौका र २ छक्का प्रहार गरे ।

यस्तै, आशिफ शेखले १०० बलमा ६६ रन जोडे । उनले ७ चौका प्रहार गरे । यस्तै, कुशल मल्लले ४२ बलमा ४१, रोहित पौडेलले २९ बलमा ३१ रन जोड्दा आरिफ शेख ११ बलमा १० रन बनाई आउट भए ।

बलिङतर्फ जिम्बावेका लागि रिचर्ड एनगरवाले चार विकेट लिँदा वेलिङ्टन मसक्द्जाले दुई विकेट लिए । यस्तै, टेन्डाई चतरा र ब्लेसिङ मुजरवानीले एक–एक विकेट लिए ।

जिम्बावेविरुद्धको यो खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त खेल पनि हो ।