३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटार प्रकरण: सचिव राउत सहित अन्य ४ को बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाई हुदै



अ+ अ-

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका सचिव कृष्णबहादुर राउत र भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहितको बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ आज हुने भएको छ ।

सचिव राउत र व्यवसायीगुरुङ सहित पूर्व निर्वाचन आयुक्त सुधिरकुमार शाह र मालपोतका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले दायर गर्नुभएको रिटको सुनुवाई हुन लागेको हो । सुनुवाईका लागि न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलास तोकिएको छ ।

सोही जग्गा प्रकरणमा आरोपित भएका तर पक्राउ पर्ने अबस्था उत्पन्न हुने अनुमानमा पहिले नै निषेधाज्ञा लिएर बसेकाहरुका विरुद्ध प्रहरी प्रधान कार्यालयबाट दायर भएको भ्याकेटको पनि सोही इजलासमा पेशी तोकिएको छ ।