२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोट: नेपालले लाओससँग खेल्ने



अ+ अ-

काठमाडौं । फिफा विश्वकप २०२६ का लागि एसियाली छनोटको प्लेअफ चरणमा नेपालले लाओसको सामना गर्ने भएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित एएफसी मुख्यालयमा भएको ड्र अनुसार नेपालले दोस्रो चरणमा प्रवेश गर्न लाओसको सामना गर्न लागेको हो ।

अक्टोबरमा हुने दुई लेगको छनोटपछि नेपालको भविष्यको टुंगो लाग्नेछ । प्रारम्भिक चरणको छनोट होम एण्ड अवेको आधरमा खेलाइनेछ । छनोट खेल अक्टोबर १२ र १७ मा हुनेछ ।

दोस्रो चरणका लागि शीर्ष २६ टोलीले स्थान पक्का गरिसकेका छन् । यस चरणमा प्लेअफ पार गरेर आएका १० टोलीसहित ३६ टोलीलाई ९ समूहमा विभाजन गरिनेछ । सबै समूहको विजेता र उपविजेता एएफसी एसियन कप २०२७ को लागि स्थान पक्का गर्दै विश्वकप छनोटको तेस्रो चरणमा पुग्नेछन् ।

नेपालले गत चैतमा प्रधानमन्त्री कप थ्री नेसन्स कपमा लाओससँग खेलेको थियो । भुटानसमेत सम्मिलित उक्त प्रतियोगितामा नेपालले फाइनलमा लाओसलाई नै हराएर उपाधि जितेको थियो ।

प्रारम्भिक चरण खेलतालिका: