२३ असार २०८३, मंगलवार
,
Latest
कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोल्पामा बस दुर्घटना: १५ घाइते, ३ जना गम्भीर



अ+ अ-

काठमाडौँ । रोल्पाबाट दाङको घोराहीतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । मंगलबार दिउँसो १ बजे त्रिवेणी गाउँपालिका–७ को तिलाभन्दा करिब ३ किलोमिटर टाढा बस दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार घाइते १० पुरूष र पाँच महिलाको उद्धार गरी स्थानीय मेडिकल र स्वास्थ्य चौकीमा उपचारका लागि पठाइसएिको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ।

घाइतेलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य चौकी र मेडिकलमा पठाइए पनि थप उपचारका लागि दाङको घोराही वा जिल्ला अस्पतालमा पठाउने भन्नेबारे छलफल भइरहेको बताइएको छ ।

प्रहरीका अनुसार रोल्पा बागमाराबाट घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस शहीद मार्गअन्तर्गत सडकबाट करिब ९० मिटर तल खसेको थियो ।

सवारी चालक फरार रहे पनि दिउँसो २ बजे सशस्त्र प्रहरीको सम्पर्कमा पुगेको बताइएको छ । वर्षाले सडक चिप्लो भएकाले दुर्घटना भएको अनुमान प्रहरीको छ।