२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको एक दिवसीय वरियता खस्कियो



अ+ अ-

एजेन्सी । पाकिस्तानको एकदिवसीय वरियता खस्किएको छ । एकदिवसीय वरियतामा दोस्रो स्थानमा उक्लिएको भारतले पाकिस्तानलाई पछि पारेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले बिहीबार जारी गरेको एकदिवसीय टोलीको वरियतामा अष्ट्रेलिया शीर्षस्थानमा रहेको छ ।

एसिया कप २०२३ को अन्तिम सुपर ४ खेलमा पाकिस्तान श्रीलंकासँग २ विकेटले पराजित भएको थियो । यो हारका कारण हार बेहोरेको पाकिस्तान तेस्रो स्थानमा झरेको हो ।

एकदिवसीय वरियतामा दोस्रो स्थानमा रहेको भारतीय टोलीको कुल ११६ रेटिङ अंक छ र उसले पाकिस्तानलाई एक रेटिङ अंकले पछाडि पारेको छ । अष्ट्रेलिया आईसीसीको वरियतामा ११८ रेटिङ अंकका साथ पहिलो स्थानमा छ ।

गत महिना, एसिया कप सुरु हुनुअघि पाकिस्तानले श्रीलंकामा अफगानिस्तान विरुद्धको एकदिवसीय शृंखला ३–० ले जित्यो र अस्ट्रेलियालाई उछिन्दै आईसीसी एकदिवसीय वरियतामा नम्बर १ बनेको थियो । नेपाल वरियताको १५ औं स्थानमा यथावत छ ।