२६ असार २०८३, शुक्रबार
,
Latest
मृत्यु/अशक्त वैदेशिक श्रमिकका ३ हजार ३६३ सन्तानलाई छात्रवृत्ति यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद् र महिला आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश राष्ट्रपति पौडेलद्वारा तीन वटा विधेयक प्रमाणिकरण विपक्ष दलका सांसदहरुलाई गृहमन्त्रीले भनेः आफू जनताको सेवा नगर्ने अनि मलाई स्टन्टबाज भन्ने ? नेप्से परिसूचक झिनो अङ्कले घट्यो असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण सुरू गरिने गणेश नेपाली प्रकरण छानबिन गर्न पाँच सदस्यीय समिति गठन सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ दक्षिण पूर्वका देशमा अनलाइन स्क्यामबाट ठगिएका ८ सय ३६ जना नेपालीको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुम्बाबाट पुरातात्विक मूर्ति चोरी



अ+ अ-

जाजरकोट । काइके गाउँपालिका–१ टाछिङ खागर बौद्ध गुम्बामा रहेका ऐतिहासिक महत्वका मूर्ति हराएका छन् । मन्दिरमा रहेका  त्रिकाल बुद्धका दुई थान मूर्ति हराएको वडाध्यक्ष छिरिङ तन्दुरुप लामाले जानकारी दिनुभयो । उपल्लो डोल्पामा बहुमूल्य मूर्तिी हराउने क्रम बढेसँगै चिन्तासमेत बढाएको छ ।
 
तीनरचार सय वर्ष पहिला राखिएका उक्त मूर्ति हराएको अध्यक्ष लामाले बताउनुभयो । चैत २४ गते स्थानीयवासीले मन्दिरमा पूजा गरेर फर्किएर फेरि मङ्गलबार घेगा पर्वको अवसरमा लिङ्गो चढाउन जाँदा मन्दिरको ढोका खुला देखेर हेर्न जाँदा मूर्ति हराएको पत्ता लागेको अध्यक्ष लामाले जानकारी दिनुभयो । 

मूर्ति खोजी गरिदिन प्रशासनसँग स्थानीयवासीले गुहार मागेपछि बुधबार नै प्रहरी घटनास्थलतर्फ पठाएको प्रमुख जिल्ला अधिकारी माधव ढकालले जानकारी दिनुभयो । बीस वर्ष पहिले पनि यहाँका मूर्तिहरू हराएको तर भोलिपल्टै मन्दिरको नजिकै फेला परेको प्रजिअ ढकालले जानकारी दिनुभयो । अहिले हराएका मूर्ति सबैभन्दा ठूलो भएको बताइएको छ ।