२६ असार २०८३, शुक्रबार
,
Latest
यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद् र महिला आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश राष्ट्रपति पौडेलद्वारा तीन वटा विधेयक प्रमाणिकरण विपक्ष दलका सांसदहरुलाई गृहमन्त्रीले भनेः आफू जनताको सेवा नगर्ने अनि मलाई स्टन्टबाज भन्ने ? नेप्से परिसूचक झिनो अङ्कले घट्यो असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण सुरू गरिने गणेश नेपाली प्रकरण छानबिन गर्न पाँच सदस्यीय समिति गठन सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ दक्षिण पूर्वका देशमा अनलाइन स्क्यामबाट ठगिएका ८ सय ३६ जना नेपालीको उद्धार सरकारले सय दिन बितिसक्दा पनि रोजगारी अवसर सृजना गर्ने कुनै कार्ययोजना ल्याउन सकेनः खुश्बु ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोडर्नाले सन् २०२२ मा तीन अर्ब डोज खोप उत्पादन गर्ने



अ+ अ-

पेरिस । अमेरिकी औषधि उत्पादक कम्पनी मोडर्नाले सन् २०२२ मा कोभिड–१९ विरुद्धको तीन अर्ब डोज खोप उत्पादन गर्ने बिहीबार घोषणा गरेको छ । 

कम्पनीले जारी गरेको विज्ञप्तिमा युरोप र संयुक्तराज्य अमेरिकामा खोप उत्पादन र आपूर्ति बढाउन आर्थिक सहायता प्राप्त हुने विश्वास पनि व्यक्त गरेको छ । लगानी बढाइएको खण्डमा खोपका लागि आवश्यक तत्व उत्पादनलाई स्वीस साझेदार लोन्जा र स्पेनको रोभीले दोब्बर वृद्धि गर्न सक्षम हुनेछन् ।

अमेरिकामा रहेको मोडर्नाको प्लान्टको उत्पादन क्षमता पनि ५० प्रतिशतले वृद्धि हुनेछ । 

कम्पनीले तीन अर्ब खोप उत्पादनका लागि एमआरएनए खोप एवं मोडर्नाकै पेडियाट्रिक खोप र भेरिएन्ट बुस्टर डोजको मिश्रणमा निर्भर हुने जनाएको छ । साथै कम्पनीले यस वर्ष ८० करोडदेखि एक अर्ब डोज खोप आपूर्ति गर्न सकिने प्रक्षेपण गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी स्टिफन बान्सेलले मोडर्नाले विकास गरेको कोभिड विरुद्धको खोपले कोरोनाभाइरसको नयाँ प्रजातिको संक्रमण रोक्न पनि सफल भएको बताउनुभयो ।