२६ असार २०८३, शुक्रबार
,
Latest
गणेश नेपालीको निधनप्रति एमालेद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग ज्ञानेन्द्र शाहीको आरोपः सरकारका सबै निर्णयहरु अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रित छ सरकार ढुंगाजस्तै मौन भयो, नागरिकको पीडा समेत सुनुवाई भएनः सांसद रम्तेल प्रतिनिधिसभाः नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयोउदीको शिष्टाचार… संसद्मा पुनको प्रश्न : प्रेम आचार्यको आत्मदाहमा राज्यलाई दोष दिने बालेन, गणेश नेपालीको घटनामा पनि… उर्जा उत्पादकसँग प्रधानमन्त्री साहले भने–‘ जनतालाई कसरी प्रत्यक्ष लाभान्वित गराउन सकिन्छ, त्यसमै लागौँ’ गणेश नेपाली मृत्यु प्रकरणको जिम्मेवारी सरकारले लिनुपर्दछः एमाले सांसद सुब्बा सरकारले गणेश नेपाली मृत्यु प्रकरणको दोषीमाथि तत्काल कडा कारबाही गरोस्ः नेकपा सांसद विक राज्यको अमानवीय व्यवहारले नागरिक आत्मदाह गर्न बाध्य भए : योगेश भट्टराई
तपाईं के खोज्दै हुनुहुन्छ ?

मासुको प्रमाणीकरण



अ+ अ-

रसुवा । लाङ्टाङ राष्ट्रिय निकुञ्जको जङ्गल क्षेत्रबाट नियन्त्रणमा लिइएको मासु परीक्षणका लागि काठमाडौँस्थित विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । गोसाइँकुण्ड गाउँपालिका–२ स्थित टिमुरे तातोपानी क्षेत्रमा जनावर काटेर भाग लगाइराखेको अवस्थामा निकुञ्ज सुरक्षार्थ खटिएको गस्ती टोलीले मासु बरामद गरेको थियो ।

त्यो मासु कुन जनावरको हो भन्ने यकिन गराई कानूनी दायरामा लैजान पहिलो चरणअन्तर्गत प्रमाणीकरण प्रक्रिया अगाडि बढाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताउनुभयो ।

बरामद गरिएको मासुको परिमाण करिब सात केजी रहेको र  मासु भाग लगाउने कार्यमा संलग्न चार व्यक्तिलाई नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ । परीक्षणका लागि उक्त मासु बुधबारनै काठमाडौँ पठाएको बताइएको छ । परीक्षणबिना मासु कुन जनावरको हो भन्ने कुरा यकिन गर्न नसकिने र अनुसन्धानको प्रतिवेदन पेश नभएसम्म पक्राउ परेका व्यक्तिको नामसमेत उल्लेख गर्न नमिल्ने प्रमुख संरक्षण अधिकृत रानाले बताउनुभयो ।




भर्खरै