२६ असार २०८३, शुक्रबार
,
Latest
ज्ञानेन्द्र शाहीको आरोपः सरकारका सबै निर्णयहरु अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रित छ सरकार ढुंगाजस्तै मौन भयो, नागरिकको पीडा समेत सुनुवाई भएनः सांसद रम्तेल प्रतिनिधिसभाः नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयोउदीको शिष्टाचार… संसद्मा पुनको प्रश्न : प्रेम आचार्यको आत्मदाहमा राज्यलाई दोष दिने बालेन, गणेश नेपालीको घटनामा पनि… उर्जा उत्पादकसँग प्रधानमन्त्री साहले भने–‘ जनतालाई कसरी प्रत्यक्ष लाभान्वित गराउन सकिन्छ, त्यसमै लागौँ’ गणेश नेपाली मृत्यु प्रकरणको जिम्मेवारी सरकारले लिनुपर्दछः एमाले सांसद सुब्बा सरकारले गणेश नेपाली मृत्यु प्रकरणको दोषीमाथि तत्काल कडा कारबाही गरोस्ः नेकपा सांसद विक राज्यको अमानवीय व्यवहारले नागरिक आत्मदाह गर्न बाध्य भए : योगेश भट्टराई आत्मदाह: व्यक्तिको अन्तिम निर्णय कि राज्य, नीति र समाजको सामूहिक असफलता?
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् गाजर खानुका फाइदै फाइदा



अ+ अ-

काठमाडौं । गाजर स्वादिलो मात्र होइन स्वास्थ्यवर्धक खानेकुरा हो। सिंगै होस् वा सलादको रूपमा अथवा तरकारी वा हलुवाका रूपमा खान सकिने गाजर पौष्टिकताले भरपुर छ।

भिटामिन ए, बी, सी, डी, ई तथा के समेत पाइन्छ। यसमा पर्याप्त एन्टिअक्सिडेन्ट तत्त्व पाइन्छ। गाजर सम्भव भए दिनहुँ खानु राम्रो। नियमित गाजर खानुका फाइदा–

रक्तअल्पताको समस्यामा गाजरको नियमित सेवन रामवाण हो। गाजरले रगत उत्पादन बढाउँछ।

भिटामिन ए भरपूर हुनाले गर्दा आँखाको ज्योति तेज पार्नमा पनि यसले सहयोग गर्छ। रतन्धो हुनबाट जोगाउँछ।

गाजरको नियमित सेवनले रगतलाई बढी गाढा हुनबाट जोगाउाछ। यसका कारण मुटुरोगको जोखिम कम हुन्छ।

नियमित रूपमा गाजर खानाले खोकी, दम र पिसाब पोल्नेजस्ता समस्याबाट मुक्ति पाउन सकिन्छ।

नियमित गाजर सेवनले छाला स्वस्थ तथा चमकदार बनाउँछ। यसले क्यान्सरको जोखिम पनि कम गर्छ।




भर्खरै