२६ असार २०८३, शुक्रबार
,
Latest
ज्ञानेन्द्र शाहीको आरोपः सरकारका सबै निर्णयहरु अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रित छ सरकार ढुंगाजस्तै मौन भयो, नागरिकको पीडा समेत सुनुवाई भएनः सांसद रम्तेल प्रतिनिधिसभाः नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयोउदीको शिष्टाचार… संसद्मा पुनको प्रश्न : प्रेम आचार्यको आत्मदाहमा राज्यलाई दोष दिने बालेन, गणेश नेपालीको घटनामा पनि… उर्जा उत्पादकसँग प्रधानमन्त्री साहले भने–‘ जनतालाई कसरी प्रत्यक्ष लाभान्वित गराउन सकिन्छ, त्यसमै लागौँ’ गणेश नेपाली मृत्यु प्रकरणको जिम्मेवारी सरकारले लिनुपर्दछः एमाले सांसद सुब्बा सरकारले गणेश नेपाली मृत्यु प्रकरणको दोषीमाथि तत्काल कडा कारबाही गरोस्ः नेकपा सांसद विक राज्यको अमानवीय व्यवहारले नागरिक आत्मदाह गर्न बाध्य भए : योगेश भट्टराई आत्मदाह: व्यक्तिको अन्तिम निर्णय कि राज्य, नीति र समाजको सामूहिक असफलता?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ  । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । 

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत दुईजना कोरोना सङ्क्रमित बिरामीको गए राति मृत्यु भएको अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा के।एन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार भेरीगङ्गा नगरपालिका–४ सुर्खेतका ६४ र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय दुईजना पुरुषको मृत्यु भएको हो ।

भेरीगङ्गा नगरपालिकाका बिरामी वैशाख ५ र वीरेन्द्रनगरका बिरामी वैशाख ११ गतेदेखि प्रदेश अस्पतालमा उपचाररत थिए । त्यस्तै, दैलेखमा नारायण नगरपालिका–१ दैलेखका ७५ वर्षीय कोरोना सङ्क्रमित एकजना पुरुषको मृत्यु भएको छ । तीनजना थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको जनस्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ । 




भर्खरै