२६ असार २०८३, शुक्रबार
,
Latest
ज्ञानेन्द्र शाहीको आरोपः सरकारका सबै निर्णयहरु अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रित छ सरकार ढुंगाजस्तै मौन भयो, नागरिकको पीडा समेत सुनुवाई भएनः सांसद रम्तेल प्रतिनिधिसभाः नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयोउदीको शिष्टाचार… संसद्मा पुनको प्रश्न : प्रेम आचार्यको आत्मदाहमा राज्यलाई दोष दिने बालेन, गणेश नेपालीको घटनामा पनि… उर्जा उत्पादकसँग प्रधानमन्त्री साहले भने–‘ जनतालाई कसरी प्रत्यक्ष लाभान्वित गराउन सकिन्छ, त्यसमै लागौँ’ गणेश नेपाली मृत्यु प्रकरणको जिम्मेवारी सरकारले लिनुपर्दछः एमाले सांसद सुब्बा सरकारले गणेश नेपाली मृत्यु प्रकरणको दोषीमाथि तत्काल कडा कारबाही गरोस्ः नेकपा सांसद विक राज्यको अमानवीय व्यवहारले नागरिक आत्मदाह गर्न बाध्य भए : योगेश भट्टराई आत्मदाह: व्यक्तिको अन्तिम निर्णय कि राज्य, नीति र समाजको सामूहिक असफलता?
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीका हराएका सांसद आइसियुमा भेटिए



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्न नगई हराएका सांसद आइसियुमा भेटिएका छन् । पोखराको चरक अस्पतालको आइसियुमा उनी भेटिएका हुन् । 

मुख्यमन्त्री गुरुङका विरुद्धमा दर्ता भएको अवश्विासको प्रस्तावका पक्षमा मतदान गर्ने आश्वासन राष्ट्रिय जनमोर्चाले दिएको थियो । सोही बमोजिम आज अपरान्ह मतदान हुने तय भएको थियो । तर संसद बैठकमा उपस्थित नभएका भनिएका सांसद खिमविक्रम शाही अस्पतालको आइसीयुमा फेला परेका छन् ।संसद बैठक चलरिहेका बेला बेपत्ता भएका भनिएका सांसद शाही चरक मेमोरियल अस्पतालको आइसीयुमा रहेको तथ्य सार्वजजनिक भएको छ ।

जनमोर्चाका सांसद शाहीका स्वकीय सचिव मिलन हमालले फेसबुकमा अकस्मात विरामी परेकाले आइसीयुमा भर्ना भएको जनाकार गराएका छन् ।त्यस्तै अर्का सांसद राजीव गुरुङ (दिपक मनांगे) पनि अहिलेसम्म सम्पर्कविहीन छन् । उनी पनि मोबाइल फोन स्वीच अफ गरेर बेपत्ता भएका छन् । 




भर्खरै