२६ असार २०८३, शुक्रबार
,
Latest
ज्ञानेन्द्र शाहीको आरोपः सरकारका सबै निर्णयहरु अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रित छ सरकार ढुंगाजस्तै मौन भयो, नागरिकको पीडा समेत सुनुवाई भएनः सांसद रम्तेल प्रतिनिधिसभाः नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयोउदीको शिष्टाचार… संसद्मा पुनको प्रश्न : प्रेम आचार्यको आत्मदाहमा राज्यलाई दोष दिने बालेन, गणेश नेपालीको घटनामा पनि… उर्जा उत्पादकसँग प्रधानमन्त्री साहले भने–‘ जनतालाई कसरी प्रत्यक्ष लाभान्वित गराउन सकिन्छ, त्यसमै लागौँ’ गणेश नेपाली मृत्यु प्रकरणको जिम्मेवारी सरकारले लिनुपर्दछः एमाले सांसद सुब्बा सरकारले गणेश नेपाली मृत्यु प्रकरणको दोषीमाथि तत्काल कडा कारबाही गरोस्ः नेकपा सांसद विक राज्यको अमानवीय व्यवहारले नागरिक आत्मदाह गर्न बाध्य भए : योगेश भट्टराई आत्मदाह: व्यक्तिको अन्तिम निर्णय कि राज्य, नीति र समाजको सामूहिक असफलता?
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्लोर क्रस गरेर मन्त्री बनेका तीनजनाले लिए पुनः सपथ



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले पुनः शपथग्रहण गर्नुभएको छ । तीनै जनालाई आज कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले  शपथ गराउनुभएको हो । 

यही वैशाख ३ गते बसेको प्रदेशसभा बैठकमा नेकपा९एमाले०को निर्देशन उल्लङ्घन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । उहाँहरुलाई मुख्यमन्त्री शाहीले वैशाख ४ गते मन्त्रीमा नियुक्त गरेकामा उहाँहरुले वैशाख ५ गते प्रदेश प्रमुख कलौनीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।  

पार्टी निर्देशन विपरीत काम गरेको आरोप लगाउँदै एमाले प्रदेशसभा दलले तिनलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको सूचना प्रदेशसभा सचिवालयलाई गरेको थियो । सोअनुसार वैशाख १२ गते बसेको कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनको दोस्रो बैठकमा सभामुख राजबहादुर शाहीले उहाँहरु पदमुक्त भएको जानकारी दिनुभएको थियो । 

पदमुक्त हुनुभएका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकासमन्त्री अम्मरबहादुर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई आज पुनः प्रदेशप्रमुख कलौनीले पद तथा गोपनीयताको शपथ  गराउनुभयो । थापा र शाही नयाँ मन्त्री भए पनि पर्यटनमन्त्री बुढालाई पुनः त्यही मन्त्रालय दिइएको छ । पर्यटनमन्त्री बुढाले उद्योगमन्त्रीका रुपमा यससँगै तीनपटक पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।




भर्खरै