२६ असार २०८३, शुक्रबार
,
Latest
गणेश नेपालीको निधनप्रति एमालेद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग ज्ञानेन्द्र शाहीको आरोपः सरकारका सबै निर्णयहरु अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रित छ सरकार ढुंगाजस्तै मौन भयो, नागरिकको पीडा समेत सुनुवाई भएनः सांसद रम्तेल प्रतिनिधिसभाः नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयोउदीको शिष्टाचार… संसद्मा पुनको प्रश्न : प्रेम आचार्यको आत्मदाहमा राज्यलाई दोष दिने बालेन, गणेश नेपालीको घटनामा पनि… उर्जा उत्पादकसँग प्रधानमन्त्री साहले भने–‘ जनतालाई कसरी प्रत्यक्ष लाभान्वित गराउन सकिन्छ, त्यसमै लागौँ’ गणेश नेपाली मृत्यु प्रकरणको जिम्मेवारी सरकारले लिनुपर्दछः एमाले सांसद सुब्बा सरकारले गणेश नेपाली मृत्यु प्रकरणको दोषीमाथि तत्काल कडा कारबाही गरोस्ः नेकपा सांसद विक राज्यको अमानवीय व्यवहारले नागरिक आत्मदाह गर्न बाध्य भए : योगेश भट्टराई
तपाईं के खोज्दै हुनुहुन्छ ?

योजनामा बचेको रकमले सडक सुधार्दै जैमिनी



अ+ अ-

बलेवा । सङ्घ र प्रदेश सरकारसँगको साझेदारीमा सञ्चालन भएको योजना ठेक्का लगाउँदा निर्माण कम्पनीले छोडेको रकमले जैमिनी नगरपालिकाको मुकाम सुधार विस्तारको काम थालिएको छ । सङ्घीय र प्रदेश सरकारको समपूरक बजेट परिचालनबाट सञ्चालन भएको योजनामा बचेको रकम पालिका मुकाम कुश्मीशेरा बजारको सुधार विस्तारमा लगाइएको हो ।

समपूरक बजेटमा साझेदारी गरेर नगरपालिकाले कालीगण्डकी करिडोर जैमिनीधामदेखि  पालिका मुकाम कुश्मीशेरा बजारसम्मको सडक स्तरोन्नतिको काम गरिरहेको छ । बहुवर्षे यो योजनाका लागि चालु आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन भएको थियो ।

सङ्घीय सरकारको ८७ लाख, गण्डकी प्रदेश सरकारको ५० लाख र नगरपालिकाको रु ६७ लाख गरी दुई करोडमा यो सडक स्तरोन्नति भइरहेको छ । टेन्डर प्रक्रियामा सहभागी भएको निर्माण कम्पनीले कूल बजेटबाट छोडेको रु ७४ लाख पुनः प्रयोगमा ल्याइएको नगरपालिकाका इन्जिनीयर विवेक सापकोटाले बताउनुभयो । 

हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने कुश्मीशेरा बजार कालोपत्र सडकले टल्किनेछ । बजारभित्रको १४५ मिटर सडक ढलान गर्ने र ३०० मिटर सडक कालोपत्र गर्ने काम भइरहेको सापकोटाले बताउनुभयो । सडक विभागको मापदण्डअनुसार पाँच दशमलव पाँच मिटर चौडा सडक कालोपत्र हुनेछ । 

बजार क्षेत्रको सबै सडकमा नाली निर्माण हुने भएकाले अब भने वर्षामा हिलाम्मे हुने समस्या समाधान हुने स्थानीयवासी विष्णु आचार्यले बताउनुभयो । निकै साँघुरो रहेको कुश्मीशेरा बजारमा सडक बनाउनका लागि स्थानीयवासीले पुराना संरचना भत्काएका छन् । “एउटा घर भत्काउनका लागि अन्तिम सूचना टाँस भएको छ, बाँकी सबैले सडक फराकिलो बनाउन सहयोग गर्नुभयो”, सापकोटाले भन्नुभयो, “आगामी असारसम्म काम सकिँदा त्यो घर पनि पन्छाएर सडक बनाउँछौँ ।” 

जैमिनीमा दुई वर्ष पहिलेसम्म कालोपत्र सडक थिएन । स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत बागलुङ कुश्मीशेरा सडकको १।६ किलोमिटर खण्ड पक्की भएपछि जैमिनीले कालोपत्र सडक पाएको थियो । शेराबजारमा भइरहेको कालोपत्रको काम सकिँदा जैमिनी नगरभरि झण्डै तीन किलोमिटर सडक कालोपत्र हुनेछ । 




भर्खरै