५ असार २०८३, शुक्रबार
,
Latest
यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत गाजाका सबै सिमाहरू खोली सहायता आपूर्तिका प्रतिबन्धहरू हटाउन राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको अवस्था भयावहः पछिल्लो २४ घण्टामा ३ लाख २० हजारमा कोरोना पुष्टि, २७६६ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । कोरोना महामारीले विकराल रुप लिएपछि भारतको अवस्था दिनदिनै भयावह बन्दै गएको छ । भारतीय मिडियाका अनुसार पछिल्लो २४ घन्टामा भारतमा ३ लाख २० हजार नयाँ संक्रमित  थपिएका छन् भने २ हजार ७ सय ६६ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । भारतको पछिल्लो सात दिनको कोरोना आँकडाले भारतको अवस्था भयावह भएको देखाएको छ ।

अप्रिल महिनामा अहिलेसम्म ३४ हजार ५ सय ९५ जनाले ज्यान गुमाएकोमा तीमध्ये १७ हजार ३ सय ३३ जनाको मृत्यु पछिल्लो सात दिनमै भएको छ । भारतमा गत मार्च महिनाभन्दा अप्रिलमा ६ गुणा बढीले ज्यान गुमाएका छन् । यता संक्रमितको संख्या पनि उस्तै छ । अप्रिलमा हालसमम ५० लाखभन्दा बढी संक्रमित भइसकेका छन् । त्यसो त कोरोना महामारीले विष्फोटक रुप लिएका शीर्ष तीन देशमा भारत पर्छ । तशर्थ  त्यहाँकै सञ्चारमाध्यमहरुले सरकारले कोरोना संक्रिय र मृतकको संख्या आँकडा लुकाएको आरोप लगाएका पनि छन् ।

विभिन्न शहरमा पत्रकारहरुले स्थानीय सरकारले सार्वजनिक गरेको संख्या भन्दा १० गुणा बढीको मृत्यु भएको रिपोर्टिङ गरेका छन् । गत विहीबार सरकारी आँकडा अनुसार कानपुरमा ३२ जना कोरोना संक्रमितको मृत्यु भएको थियो तर, एक स्थानीय अखबारले शहरका विभिन्न मसानघाटनमा ४ सय ७६ वटा शव जलेको रिपोर्टिङ गरेको थियो, जसमध्ये धेरैजसो कोरोनाबाटै मरेका थिए ।
भारतामा यतिबेला कोरोनाले बिकराल रुप लिएको कारण अस्पतालमा बेड र अक्सिजनको हाहाकार समेत उत्पन्न भईरहेको छ ।