काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज मन्त्रिपरिषदको नियमित बैठक बस्दै छ । आज (सोमबार) अपरान्ह पाँच बजे मन्त्रिपरिषद बैठक बस्ने भएको हो ।
आज बस्ने बैठक कोरोना संक्रमणको रोकथाम र नियन्त्रणमा केन्द्रित हुनेछ ।
आइतबार बसेको सीसीएमसीको बैठकले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ । त्यस्तै आजै काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको पनि बैठक बस्दैछ ।











