काठमाडौं । आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्ने भएको छ। सिसीएमसीले पाँच सयभन्दा बढी कोरोना संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन सिफारिस गरेपछि काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओ छलफलमा जुट्न लागेका हुन्। यी तीनै जिल्लामा पाँच सयभन्दा बढी संक्रमित छन्।
कोरोना जोखिम र आवश्यक पर्ने कदमबारे आज छलफल गरी निर्णयमा पुगिने बताईएको छ। यसैबीच काठमाडौं, ललितपुर र भक्तपुरको जिल्ला प्रशासन कार्यालयमा आजदेखि अत्यावश्यकबाहेक अन्य कामहरु पनि नहुने भएको छ।
कोरोना जोखिम रहेकोले भिडभाड कम गर्न अत्यावश्यकबाहेक काम बन्द गरिएको छ।












