२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको पहिलो दिन नेप्से ७५.७९ अंकले घट्यो, होटल्स तथा पर्यटन समूह बाहेक सबै ओरालो



अ+ अ-

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ७५.७९ अंकले घटेर २ हजार ५७२.२२ विन्दुमा बन्द भएको छ। यस दिन शेयर बजार २.८६ प्रतिशतले घटेर २ हजार ६०० विन्दु तल झरेको हो । 

आज २ हजार ६६३.८४ विन्दुदेखि खुलेको बजार २ हजार ५६४.७८ विन्दुसम्म झरेको छ । यो दिन सेन्सेटिभ इन्डेक्स पनि २.६३ प्रतिशत अर्थात् १२.५६ अंक घटेर ४६४.०५ विन्दुमा बन्द भएको छ । 

आज नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । यो दिन २१५ ओटा कम्पनीको १ लाख ४ हजार ४० पटकको व्यापारमा रू. ७ अर्ब २८ करोड ४१ लाख ९४ हजार बराबरको १ करोड ४६ लाख ९० हजार ७२० कित्ता शेयर कारोबार भएको हो । कोभिडका कारण केहि व्यवसायिक क्षेत्रहरु प्रभावित भइसकेको अवस्थामा त्यस क्षेत्रका लगानीकर्ताहरु पनि यो क्षेत्रमा प्रवेश गर्ने क्रम बढेकाले कारोबार रकमले उच्चता पाएको समेत ब्रोकरहरु बताउँछन् । 

यो दिन सर्वाधिक रकमको शेयर कारोबार भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ । उक्त कम्पनीको रू. ३९ करोड ५२ लाख ५२ हजार बराबरको ७ लाख २३ हजार ६५७ कित्ता शेयर खरीदविक्री भएको हो । सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य भने ३.७४ प्रतिशत अर्थात प्रतिकित्ता रू. २१ ले घटेर रू. ५४१ मा झरेको छ ।

यसदिन कारोबारमा आएका सबै समूहगत परिसूचक घट्दा होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ६.१४ प्रतिशत घटेको छ । त्यस्तै बैंकिङ्गको २.३४ प्रतिशत, व्यापारिकको ३.१ प्रतिशत, विकास बैंकको २.९७ प्रतिशत, जलविद्युतको ४.३७ प्रतिशत, वित्तको ३.४ प्रतिशत, निर्जीवन बीमाको ३.३४ प्रतिशत, उत्पादन तथा प्रशोधनको २.४५ प्रतिशत, अन्यको २.३४ प्रतिशत, लघुवित्तको ३.०६ प्रतिशत, जीवन बीमाको २.६८ प्रतिशत, म्युचुअल फण्डको ०.७ प्रतिशत र लगानी समूहको ३.३७ प्रतिशत परिसूचक घटेको हो ।

आइतबारको बजारमा चन्द्रागिरी हिल्स लिमिटेड र नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य सर्वाधिक ८ प्रतिशतभन्दा बढी घटेको छ । चन्द्रागिरी हिल्सको ८.४३ प्रतिशतले घटेर अन्तिम मूल्य रू. १ हजार ९५५ र नारायणी डेभलपमेण्ट बैंकको ८.१९ प्रतिशत घटेर अन्तिम मूल्य रू. ५२७ कायम भएको हो ।

चन्द्रागिरी हिल्सको प्रतिकित्ता रू. १८० र नारायणी डेभलपमेण्ट बैंकको प्रतिकित्ता रू. ४७ ले यो दिन मूल्यमा कमि भएको हो । उच्च दोहोरो अंकले घटेको बजारमा यसदिन महिला लघुवित्त र विशाल बजार कम्पनीको शेयरमूल्य भने उच्च दरमै बढेको छ ।

महिला लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशत र विशाल बजार कम्पनीको ९.९७ प्रतिशत मूल्य बढेको हो । महिला लघुवित्तको प्रतिकित्ता रू. १९४ ले बढेर अन्तिम मूल्य रू. २ हजार १३६ र विशाल बजार कम्पनीको प्रतिकित्ता रू. ३१६ ले बढेर अन्तिम मूल्य रू. ३ हजार ४८४ कायम भएको हो ।




भर्खरै