काठमाडौ । नेकपा एमालेका २७ जना सांसदले आफूहरुको सांसद पद खारेजी गर्ने प्रक्रिया रोक्न माग गर्दे सर्वोच्च अदालतमा दर्ता गराएको रिटको सुनुवाई हुँदैछ । न्यायधीस प्रकाशकुमार ढुङ्गानाको ईजलासमा मुद्दा मुद्धाको सुनुवाई हुन लागेको हो ।
एमाले नेता तथा सांसदहरु माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावल सहित २७ जनाले सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउनेअन्तरिम आदेशको माग गर्दे बैशाख ९ गते बिहिबार रिट दर्ता गराएका थिए ।
आफुहरुलाई दल त्याग गरेको भनी कारवाही गर्न सक्ने आशंका भएको भन्दै सो कार्य रोक्न र यदी कारबाही गरे त्यो प्रक्रिया अघि नबढाउन संसद सचिवालयका नाममा परमादेश जारी गर्न पनि रिटमा गरिएको छ । उनिहरुले निर्वाचन आयोगमा कायम रहेको नेकपा एमालेका अभिलेख र विवरणमा कुनै परिवर्तन नगर्नु नगराउनु भन्ने आदेश दिन समेत माग गरेका छन् ।












