काठमाडौं । नेकपा एमाले माधव नेपाल सहितका केही नेतालाई थप कारबाही गर्ने तयारी गरेको छ । आईतबार बिहान १० बजे आकस्मिक रुपमा बोलाईएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा यस बारे छलफल हुने एक स्थायी समितिका सदस्यले जानकारी दिनुभयो।
महाधिवेशन आयोजक कमिटीको बैठक बस्नु अघि प्रधानमन्त्री निबास बालुवाटारमा पार्टी स्थायी समितिको बैठक बसिरहेको छ।
स्थायी समितिले नेपाल सहित केही नेताहरुले पार्टीलाई गम्भिर क्षती पुर्योउने क्रियाकलनप गरेको ठहर गर्दे तत्काल सांसद पदबाट निलम्बन गर्ने तयारी गरेको पनि ती नेताले जानकारी दिए ।












