५ असार २०८३, शुक्रबार
,
Latest
अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल राष्ट्रिय सभाको शुन्य समयः सुकुम्बासी समस्या, शान्ति सुरक्षा र बजेट विनियोजनप्रति सांसदहरूको आपत्ति ‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’ काठमाडौँमा तीन दिने ज्योतिष सम्मेलन सुरु शेयर बजारको उत्तारचढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान छः अर्थमन्त्री डा. वाग्ले प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्प स्मृति दिवस: बारपाक सुलीकोट गाउँपालिकामा आज सार्वजनिक बिदा



अ+ अ-

गोरखा । बारपाक सुलीकोट गाउँपालिकाले आज पालिकाभित्र सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले गोरखा भूकम्पबाट ज्यान गुमाउनेहरुका स्मृतिमा भूकम्प स्मृति दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

“विसं २०७२ वैशाख १२ गते आजकै दिन गएको विनाशकारी गोरखा भूकम्पको केन्द्रविन्दु बारपाक भएको गाउँपालिकाभित्र उक्त दिनको सम्झनामा बिदा दिइएको हो”, उहाँले भन्नुभयो, “भूकम्पलाई भुल्नेभन्दा पनि सम्झेर सधैँ सचेत र पूर्वतयारीमा सबै सदैव लाग्नुपर्छ ।”

गाउँ कार्यपालिकाको गत चैत २५ गते बसेको बैठकले भूकम्प स्मृति दिवसका अवसरमा पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।  बिदाको दिन गाउँपालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शिक्षण संस्थालगायत सार्वजनिक सङ्घसंस्था बन्द रहने गाउँपालिकाले जनाएको छ ।

बारपाक सुलिकोट – १ र २ मा पर्ने भूकम्पको केन्द्रविन्दु बारपाक गाउँका एक हजार ४५० घरमध्ये भूकम्पबाट केही घरका ७२ जनाले ज्यान गुमाएका थिए । भूकम्प स्मृति दिवसका अवसरमा हरेक वर्ष बारपाकमा विभिन्न कार्यक्रम गरिँदै आए पनि यस वर्ष कोरोना सङ्क्रमण जोखिमका कारण  कार्यक्रम स्थगन गरिएको अध्यक्ष भट्टले जानकारी दिनुभयो ।