२६ असार २०८३, शुक्रबार
,
Latest
विद्युत सेवा सुधारमा ऊर्जा मन्त्री श्रेष्ठको जोड, वितरण प्रणाली चुस्त बनाउन निर्देशन ५५ प्रतिशत जलेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला बिग्रन सक्ने विश्वकपलाई नेट जिरो अवधारणामा सञ्चालन गर्न सकिन्छ ? ऊर्जा क्षेत्रका उद्यमीसँग आज प्रधानमन्त्री शाहको छलफल हुँदै केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान फुटबलमार्फत युवाको ‘नेट जिरो’ सन्देश, जलवायु कार्यमा विश्व नेतालाई जिम्मेवार बन्न आग्रह ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण कर्णाली नदीमा बेपत्ता मध्ये थप दुई जनाको शव फेला युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन आर्थिक वर्षको अन्त्यमा खर्चको चाप: असारमा मात्रै ११ प्रतिशत र एकै दिन ३३ अर्ब १६…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुपर लिगको जर्सी सार्वजनिक



अ+ अ-

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को टोली एफसि चितवनले शनिबार जर्सी सार्वजनिक गरेको छ । एफसि चितवनले एक कार्यक्रममा गरेर लिनिङ ब्रान्डले प्रायोजन गरेको जर्सी शनिबार डिजिटल माध्ययमबाट सर्वाजनिक गरेको हो । 

डिस होमको मुख्य प्रायोजक रहेको चितवनले नेपाल सुपर लिग (एनएसएल)मा लिनिङ ब्रान्डको जर्सी पहिरिएर प्रतिस्पर्धा गर्नेछ । चितवन यस अघि नै किट्स पार्टनरको रुपमा लिनिङ ब्राण्डसँग सम्झौता गरेको थियो ।

एफसि चितवनका प्रबन्ध निर्देशक सचिन ढकाल र लिनिङका प्रबन्धक कृतराज महर्जनले डिजिटल माध्ययमबाट जर्सी सार्वजनिक गरेका हुन् । सार्वजिनक जर्सी दुई ओटा रहेका छन् । होम एण्ड अवे खेलका लागि जर्सी सार्वजनिक गरेको हो ।

राष्ट्रिय खेलाडी भरत खवास मार्की खेलाडी रहेको चितवनको मुख्य प्रशिक्षकमा मेघराज केसी र सहायक प्रशिक्षकमा शैलेश कर्माचार्यको प्रशिक्षणमा प्रतियोगिताको तयारी गरिरहेका छ । एफसि चितवनमा दुई इजिप्ट र एक सर्वियन खेलाडी रहेका छन् । जेठ १ सम्म सञ्चालन हुने प्रतियोगितामा एफसि चितवनले सोमबार ललितपुर सिटी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

उपाधि दावेदारको रुपमा हेरिएको चितवनले उपाधि लक्ष्य राखेर अभ्यास गरिरहेको टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले बताए । प्रतियोगितामा ७ टोलीले सहभागिता जनाउँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिता राउन्ड रोविन लिग प्रणालिमा आयोजना हुँदै छ ।  कुल २५ खेल प्रतियोगिताको विजेताले ३५ र उपविजेताले १५ लाख रुपैयाँ पाउँनेछन  ।