२६ असार २०८३, शुक्रबार
,
Latest
विद्युत सेवा सुधारमा ऊर्जा मन्त्री श्रेष्ठको जोड, वितरण प्रणाली चुस्त बनाउन निर्देशन ५५ प्रतिशत जलेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला बिग्रन सक्ने विश्वकपलाई नेट जिरो अवधारणामा सञ्चालन गर्न सकिन्छ ? ऊर्जा क्षेत्रका उद्यमीसँग आज प्रधानमन्त्री शाहको छलफल हुँदै केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान फुटबलमार्फत युवाको ‘नेट जिरो’ सन्देश, जलवायु कार्यमा विश्व नेतालाई जिम्मेवार बन्न आग्रह ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण कर्णाली नदीमा बेपत्ता मध्ये थप दुई जनाको शव फेला युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन आर्थिक वर्षको अन्त्यमा खर्चको चाप: असारमा मात्रै ११ प्रतिशत र एकै दिन ३३ अर्ब १६…
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिदेशीय टी–२० क्रिकेट : नेपाल सिरिज जित्ने दाउमा



अ+ अ-

काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट सिरिजको फाइनल खेल केही बेरमा नेपाल र नेदरल्याण्ड्सबीच शुरु हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेलमा नेपाल सिरिज हातपार्ने दाउमा हुनेछ । नेपालले जारी सिरिजमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्दै आएको छ । फाइनलमा पुग्दासम्म नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै चार खेलमा तीनमा जीत तथा एकमा हार बेहोर्दै फाइनलमा पुगेको हो । 

नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा मलेसियालाई नौ विकेटले पराजित गरेको हो भने नेपाल तस्रो खेलमा नेदरल्याण्डस्सित तीन विकेटले पराजित भएको थियो । चौथो खेलमा भने नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको थियो । यस्तै नेदरल्यान्ड्सले दुई खेलमा जीत निकाल्यो भने एक खेल बराबरी खेलेको थियो । एउटा खेलमा नेदरल्यान्ड्स पराजित भएको थियो । पहिलो खेलमा नेदरल्याण्डस्लाई पराजित गरेकाले नेपाली टोलीको मनोबल उच्च रहेको नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल बताउनुहुन्छ । घरेलु खेल मैदान भएका कारण पनि नेपाल नेदरल्याण्डस्माथि हाबी हुने उहाँको विश्वास छ ।  

नेपालको हालसम्म ब्याटिङ राम्रै रहेको र आजको खेलमा पनि त्यसैलाई निरन्तरता दिनसके जीतन कठिन नहुने कप्तान मल्ल बताउनुहुन्छ । खासगरी प्रारम्भिक ब्याटस्म्यान कुशल भुर्तेल जारी सिरिजको लयमा हुनुहुन्छ । उहाँले लगातार तीन अद्र्धशतक प्रहार गर्नुभएको छ । नेदरल्याण्ड्ससितको पहिलो खेलमा भुर्तेलले ६१, मलेसियासितको खेलमा ६१ तथा नेदरल्याण्डस्सितको दोस्रो खेलमा ६२ रन बनाउनुभएको थियो । 

ब्याटिङमा नेपालका लागि आसिफ शेख, कप्तान मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र करण केसी भरपर्दा खेलाडी हुन् । नेपालको बलिङ लइन पनि बलियो नै छ । खासगरी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरिरहनुभएको छ । उहाँले चार खेलमा ११ विकेट लिनुभएको छ । यस्तै नेपालका लागि करण केसी, सोमपाल कामी र कमलसिंह ऐरी पनि भरपर्दा बलर हुन् । यी बाहेक अन्य खेलाडीको प्रदर्शन पनि राम्रै रहेको कप्तान मल्लको भनाइ छ ।  

त्रिवि मैदानमा नेपालले पहिला ब्याटिङ गर्ने मौका पाए २०० रनको स्कोर पार गर्ने लक्ष्य हुनेछ । पहिला फिल्डिङ गरेको खण्डमा नेदरल्याण्डस्को पारीलाई १५० देखि १७० रनको स्कोरसम्म नै सिमित गर्ने योजना नेपाली टोलीले बनाएको छ । समग्रमा नेपाली टोली पहिलो पटक घरेलु मैदानमा टि–२० सिरिज जीतने लक्ष्यका साथ मैदानमा प्रवेश गर्नेछ । 

नेपालले पहिलो पटक युनाइटेड अरब इमिरेट् ९युएइ०लाई सन् २०१९ मा उसकै भूमिमा टि–२० सिरिज २–१ ले जीतेको थियो । फाइनल खेल दिउँसो सवा एक बजे शुरु हुने नेपाल क्रिकेट सङ्घ ९क्यान०ले जनाएको छ । नेपाल समूह विजेता तथा नेदरल्याण्डस् उपविजेताका रुपमा सिरिजको फाइनलमा प्रवेश गरेको हो ।  रासस