२६ असार २०८३, शुक्रबार
,
Latest
विद्युत सेवा सुधारमा ऊर्जा मन्त्री श्रेष्ठको जोड, वितरण प्रणाली चुस्त बनाउन निर्देशन ५५ प्रतिशत जलेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला बिग्रन सक्ने विश्वकपलाई नेट जिरो अवधारणामा सञ्चालन गर्न सकिन्छ ? ऊर्जा क्षेत्रका उद्यमीसँग आज प्रधानमन्त्री शाहको छलफल हुँदै केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान फुटबलमार्फत युवाको ‘नेट जिरो’ सन्देश, जलवायु कार्यमा विश्व नेतालाई जिम्मेवार बन्न आग्रह ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण कर्णाली नदीमा बेपत्ता मध्ये थप दुई जनाको शव फेला युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन आर्थिक वर्षको अन्त्यमा खर्चको चाप: असारमा मात्रै ११ प्रतिशत र एकै दिन ३३ अर्ब १६…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेचीका स्वास्थ्यकर्मीले अझै पाएनन् कोभिड जोखिम भत्ता



अ+ अ-

झापा । कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्रगतिमा फैलिइरहेको छ । अन्य क्षेत्रभन्दा बढी जोखिम मोलेर स्वास्थ्यकर्मीले बिरामीको उपचार गरिरहेका छन् । ज्यानको प्रवाह नगरी अग्रभागमा खटिएका मेची प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीले पहिलो लहरकै बेलाको कोभिड जोखिम भत्ता पाएका छैनन् ।

जोखिमको भयावहस्थितिमा सरकारले एक वर्षसम्म भत्ता दिने निर्णय गरेको थियो । जोखिममा काम गर्दा भत्ता नदिइएपछि मेची अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी निराश बनेका अस्पतालका सुपरिन्टेन्डेन्ट डा पिताम्बर ठाकुरले बताउनुभयो ।

“कोभिड–१९ को पहिलो लहर सकिएर दोस्रो सुरु भयो, जोखिम उत्तिकै छ”, डा. ठाकुरले गुनासो गर्दै भन्नुभयो, “गतवर्षको भत्ता समेत दिइएको छैन, स्वाथ्यकर्मी र कर्मचारी निराश छन् ।” प्रदेश नं १ सरकारले गत आर्थिक वर्षको चार महिना र चालु आर्थिक वर्षको छ महिनाको जोखिम भत्ता दिनुपर्ने हो । गत आवको दुई महिना अर्थात् चैत र वैशाखको मात्र भत्ता सरकारले उपलब्ध गराएको थियो ।

अस्पतालले गत आवको चार महिनाका लागि जोखिम भत्ता भुक्तानीका लागि सरकारसँग रु एक करोड २० लाख माग गरेको थियो । सरकारले दुई महिनाको रु ६० लाख मात्र पठाइदिएको अस्पतालका लेखा अधिकृत मनोज पोखरेलले बताउनुभयो । उहाँका अनुसार अग्रभागमा रहेर काम गर्ने ३२ जनाले एक सय प्रतिशत, मध्यभागमा रहेर काम गर्ने पाँच जनाले ७५ प्रतिशत र बाँकी १६९ जनाले ५० प्रतिशतका दरले दुई महिनाको मात्र भत्ता पाएका छन् । 

खुला सीमानाका कारण झापामा कोरोना सङ्क्रमणका बिरामी दैनिक बढिरहेका छन् । अस्पतालमा ७५ बेडको छुट्टै कोभिड अस्पताल नै सञ्चालनमा रहेको छ । जिल्लामा दैनिक १२ देखि १५ जना कोभिडका सङ्क्रमणका बिरामी भइरहेको डा ठाकुरको भनाइ छ । उहाँले अस्पतालको बेडमा भने हाल तीन जना मात्र बिरामी रहेको जानकारी दिनुभयो । रासस