२६ असार २०८३, शुक्रबार
,
Latest
बागलुङमा बालबालिकालाई लगाइयो दादुराविरुद्धको खोप विद्युत सेवा सुधारमा ऊर्जा मन्त्री श्रेष्ठको जोड, वितरण प्रणाली चुस्त बनाउन निर्देशन ५५ प्रतिशत जलेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला बिग्रन सक्ने विश्वकपलाई नेट जिरो अवधारणामा सञ्चालन गर्न सकिन्छ ? ऊर्जा क्षेत्रका उद्यमीसँग आज प्रधानमन्त्री शाहको छलफल हुँदै केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान फुटबलमार्फत युवाको ‘नेट जिरो’ सन्देश, जलवायु कार्यमा विश्व नेतालाई जिम्मेवार बन्न आग्रह ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण कर्णाली नदीमा बेपत्ता मध्ये थप दुई जनाको शव फेला युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार २ हजार ५५९ जनामा कोरोना पुष्टि, ५ को मृत्यु



अ+ अ-

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६ सय ६४ पीसीआर तथा एन्टीजेन परीक्षण गर्दा २ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा ८ हजार ७ सय ९८ पीसीआर र ८ सय ६६ एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । जसमध्ये पीसीआर परीक्षणका क्रममा २ हजार ४ सय ४९ जनामा र एन्टीजेन परीक्षणबाट १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ९४ हजार ६ सय १ पुगेको छ । जसमध्ये २ लाख ७६ हजार ७ सय ५५ जना संक्रमित उपचारपछि निको भएका छन् । शुक्रवार मात्रै ४ सय १० संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । यस दिन ५ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय २२ पुगेको छ ।