काठमाडौं । काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठक विहान ११ बजे बस्ने बताईए पनि केही ढिलो सुरु भएको छ । आजको बैठकमा पार्टीको साङ्गठानिक र राजनीतिक प्रतिवेदनमाथि पनि छलफल हुने बताईएको छ ।
त्यस्तै आजको बैठकलाई बैशाख ६ गतेको बैठकको निरन्तरताका रुपमा हेरिएको छ । साथै बैशाख ६ गतको बैठकले खनाल नेपाल पक्षीय प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
जसमध्ये खनाल नेपालसहित केही सांसदले स्पष्टीकरण पनि बुझाइसकेका छन् । साथै बैठकमा विष्णु पौडेल संयोजक रहेको शंकर पोखरेल र टोपवहादुर रायमाझी सम्मिलित कार्यदलले केन्द्रीय सदस्यहरूको कार्यविभाजन प्रस्ताव समेत पेस गर्ने बताइएको छ ।












