३ असार २०८३, बुधबार
,
Latest
साना किसान र युवा स्वरोजगार प्राथमिकतामा रहेको मन्त्री चौधरीको भनाइ जनार्दनको प्रश्न: ‘नेपालमा वास्तविक कम्युनिस्ट पार्टी छ ?’ प्रेस स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण दूरसञ्चार विस्तार सरकारको प्राथमिकतामा छ : सञ्चारमन्त्री डा तिमिल्सिना नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित राहदानी छपाइ अनियमितता प्रकरणमा थप दुई पक्राउ रसायनिक मलको परनिर्भरता कम गर्दै लगिनेछः मन्त्री चौधरी श्रम संस्कृति पार्टीका सांसदद्वारा प्रतिनिधिसभा बैठकमा बेल घेराउ तिलगंगा बस्ती हटाएको विरोधमा पशुपति विकास कोषमा ४५ दिनदेखि धर्नामा पीडितहरु नेपालमा दर्शन र बौद्धिक बहस फेसबुक–एक्समा सीमित हुँदै गएको छः प्रदीप ज्ञवाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालिकाको पुछारको ग्रानडासँग बार्सिलोनाले अंक बाँड्यो



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले बराबरी खेलेको छ । गएराति भएको खेलमा बार्सिलोना ग्रानडासँग उसको घरेलु मैदानमा २–२ गोलमा रोकिएको हो ।

ब्रायन जारागोजा मार्टिनेजले खेलको सुरुवाती मिनेटमा नै गोल गर्दै घरेलु टोली ग्रानडालाई सुरुवाती अग्रता दिलाएका थिए । २९ औं मिनेटमा मार्टिनेजले नै गोल थप्दै ग्रानडालाई २–० गोलले अघि बढाए ।

यता, पहिलो हाफको इन्जुरी समयमा लामिने यामलले गोल गर्दै बार्सिलोनालाई १–२ को अग्रतामा झारे । ग्रानडाविरुद्धको गोलसँगै यामल ला लिगामा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । उनले १६ वर्ष ८७ दिनमा गोल गर्दै यो कीर्तिमान बनाएका हुन् ।

यसअघि ला लिगामा यो कीर्तिमान फाब्रिस ओलिंगाको नाममा थियो । उनले सन् २०१२ मा १६ वर्ष ९८ दिनमा मालगाबाट गोल गर्दै कीर्तिमान राखेका थिए ।

यस्तै, ८५ औं मिनेटमा सर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनालाई २–२ को बराबरीमा ल्याउँदै हारबाट जोगाए ।

अपराजित रहेको बार्सिलोनाको यो समग्रमा तेस्रो बराबरी हो । बार्सिलोना ९ खेलबाट २१ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । ग्रानडा समान खेलबाट ६ अंकका साथ १९ औं स्थानमा छ । ग्रानडापछि एकमात्र टोली अल्मेरिया ३ अंकका साथ २० औं स्थानमा छ ।