५ असार २०८३, शुक्रबार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः सुकुम्बासी समस्या, शान्ति सुरक्षा र बजेट विनियोजनप्रति सांसदहरूको आपत्ति ‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’ काठमाडौँमा तीन दिने ज्योतिष सम्मेलन सुरु शेयर बजारको उत्तारचढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान छः अर्थमन्त्री डा. वाग्ले प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिडको खोप लगाउनेलाई चन्द्रागिरि केबलकारमा छुट दिइने



अ+ अ-

काठमाडौं । चन्द्रागिरि हिल्सले कोभिड– १९ को खोप लगाउनेहरूलाई केबलकारको टिकट किन्दा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ । 

चन्द्रागिरि हिल्सले कोभिडका विरुद्धमा ऐक्यबद्धता जनाउदै खोपका बारेमा सचेतना अभिवृद्धि गर्ने योजनाका साथ यो प्याकेज ल्याएको हो ।

साथै यो निर्णयले नागरिकहरुमा उच्च स्वास्थ्य सुरक्षा सतर्कता अवलम्वन गर्न पनि सचेत गराउने अपेक्षा गरिएको चन्द्रागिरी हिल्सका महाप्रवन्धक अभिषेक बिक्रम शाहले जानकारी दिए ।

उक्त सुविधाका लागि यो खोप लगाएकाहरुले खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने कम्पनीले जनाएको छ । चन्द्रागिरि हिल्सले आज प्रकाशन गरेको विज्ञप्तिमा यो योजना वैशाख ९ गतेदेखि जेठ १७ सम्म लागु हुने जनाएको छ ।