५ असार २०८३, शुक्रबार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः सुकुम्बासी समस्या, शान्ति सुरक्षा र बजेट विनियोजनप्रति सांसदहरूको आपत्ति ‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’ काठमाडौँमा तीन दिने ज्योतिष सम्मेलन सुरु शेयर बजारको उत्तारचढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान छः अर्थमन्त्री डा. वाग्ले प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्सले मलेसियालाई दियो १०८ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । त्रिदेशीय टी–२० शृङ्खला अन्तर्गत नेदरल्यान्ड्सले मलेसियालाई १०८ रनको लक्ष्य दिएको छ ।

वर्षा बाधक बनेर १३ ओभरमा झारिएको खेलमा नेदरल्यान्ड्सले १३ ओभरमा चार विकेट गुमाएर १०७ रन जोडेको हो । उसका लागि बेन कुपरले अविजित ५४ रनको अर्धशतकीय पारी खेले । मलेसियाका मोहम्मद वाफिकले दुई विकेट लिए । 

नेदरल्यान्ड्सले १० ओभर दुई बलमा तीन विकेट गुमाएर ६८ रन बनाएको अवस्थामा पानी परेपछि खेल केहीबेर स्थगित हुन पुगेको थियो । पानीले खेल प्रभावित भएपछि १३ ओभरमा छोट्याइएको हो ।

यस खेलबाट नेदरल्यान्ड्स विजयी भएमा फाइनल पुग्नेछ भने नेपाल पनि एक खेलअघि नै फाइनलमा जानेछ । 

अंकतालिकामा नेपाल र नेदरल्यान्ड्सको समान चार/चार अङ्क छ भने मलेसियाले अङ्कबिहिन छ ।