५ असार २०८३, शुक्रबार
,
Latest
सरकारको कार्यशैली दम्भपूर्ण भएको सांसद भट्टको आरोप अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल राष्ट्रिय सभाको शुन्य समयः सुकुम्बासी समस्या, शान्ति सुरक्षा र बजेट विनियोजनप्रति सांसदहरूको आपत्ति ‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’ काठमाडौँमा तीन दिने ज्योतिष सम्मेलन सुरु शेयर बजारको उत्तारचढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान छः अर्थमन्त्री डा. वाग्ले प्रतिनिधिसभा बैठक असार ११ गतेसम्म स्थगित सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलि रंगशालामा नेपालको ठूलो झण्डा देख्न पाउँ – कप्तान चेम्जोङ



अ+ अ-

काठमाडौँ । नेपालले घरेलु मैदानमा बिहीबार लोओसविरुद्ध खेल्दै विश्वकप छनोट यात्रा शुरू गर्दैछ । नेपाल र लाओसबीचको खेल भोलि साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ ।

खेलको अघिल्लो दिन अर्थात् आज बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिस र कप्तान किरण लिम्बू (चेम्जोङ)ले नेपाल लाओसविरुद्ध खेल्न तयार रहेको बताएका छन् ।

प्रशिक्षक एनिसले आफ्नो करिअरको पहिलो विश्वकप छनोट भएकाले यो खेल आफ्ना लागि अवसर पनि भएको बताए। “यो मरो पनि पहिलो विश्वकप छनोट हो। मैले आफ्नो तर्फबाट शतप्रतिशत दिने प्रयास गरेको छु,” प्रशिक्षक एनिसले भने ।

टिममा रहेका नयाँ र उर्जावान युवा धेरै हदसम्म आफ्नो शैलीमा निपूर्ण भइसकेको बताउँदै उनले तयारी गर्न पर्याप्त समय भएकाले नेपाली खेलाडी शारिरिक, मानसिक र प्राविधक रुपमा तयार भएको जानकारी दिए । “रिजल्टबारे अहिले भन्न चाहन्न, भोलि मैदानमा देखाउने छु,” उनले भने ।

यस्तै, राष्ट्रिय टोलीका कप्तान चेम्जोङले यो पटक लामो तयारी गरिएको बताउँदै लाओसले पनि राम्रो तयारी गरेको र टिममा केही परिर्वतन आएकाले त्रिदेशीय कपमा जस्तो नहुने बताए । विदेशमा खेलिरहका खेलाडी मनिष डाँगी, रोहित चन्द र आफू टोलीमा फर्किएपछि युवा टिममा आत्मविस्वास बढेको उनको भनाइ छ ।

बिहीबारको खेललाई भव्य बनाउन कप्तान चेम्जोङले दर्शकलाई आग्रह गर्दै रंगशालामा भरिभराउ दर्शकले टोलीको आत्मबल बढ्ने बताए । “भोलि नेपालको ठूलो झण्डा देख्न पाउँ, सबै मिलेर खेलभर राष्ट्रियगान अनि रातो र चन्द्रसूर्य गाऔं ।”

यो पनिः विश्वकप छनोटमा लाओसविरूद्ध खेल्ने नेपाली टोली घोषणा