काठमाडौं । उर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, नेपाली काँग्रेसका नेता एवम् पूर्व राज्यमन्त्री दिपक खड्कालगायतले कोशी प्रसारण लाइनको अवलोकन गरेका छन् ।
सचिव घिमिरे, पूर्व राज्यमन्त्री खड्कासहितको टोलीले आज नेपाल–भारत विद्युत प्रशारण तथा व्यापार आयोजना अन्तर्गत इनरुवा डिभिजन कार्यालय झोक्राहामा २२० केभी कोशी कोरिडोर तथा ४०० केभी प्रसारण लाइनसम्बन्धि छलफल तथा निरीक्षण गरेका हुन् ।

उक्त समूहमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, पूर्व सांसद डेडराज खड्का, इपानका पूर्व अध्यक्ष शैलेन्द्र गुरागाईँ, इपानको सल्लाहकार अर्जुन गौतम, उपाध्यक्ष मोहन डाँगीलगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा उर्जासचिव घिमिरे र पूर्व राज्यमन्त्री खड्काले कोशी प्रसारण लाइनको काम असारभित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको थियो । निर्माण कम्पनीले तोकिएकै समयमा निर्माण सम्पन्न गर्नका लागि आफूहरुले दु्रत गतीमा काम गरिरहेको सो अवसरमा बताएको थियो ।













