३ असार २०८३, बुधबार
,
Latest
प्रेस स्वतन्त्रता, डिजिटल रूपान्तरण र ग्रामीण दूरसञ्चार विस्तार सरकारको प्राथमिकतामा छ : सञ्चारमन्त्री डा तिमिल्सिना नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित राहदानी छपाइ अनियमितता प्रकरणमा थप दुई पक्राउ रसायनिक मलको परनिर्भरता कम गर्दै लगिनेछः मन्त्री चौधरी श्रम संस्कृति पार्टीका सांसदद्वारा प्रतिनिधिसभा बैठकमा बेल घेराउ तिलगंगा बस्ती हटाएको विरोधमा पशुपति विकास कोषमा ४५ दिनदेखि धर्नामा पीडितहरु नेपालमा दर्शन र बौद्धिक बहस फेसबुक–एक्समा सीमित हुँदै गएको छः प्रदीप ज्ञवाली पूर्वराजाको जन्मोत्सव सम्बन्धी सूचना गलत होः पाठक वैदेशिक रोजगार ऐन समयानुकूल परिमार्जन गर्ने तयारी, आवश्यक परे अध्यादेशबाट ल्याइने मन्त्री यादवको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री श्रेष्ठद्वारा धरहरा स्तम्भको अवलोकन, बैशाख ११ गते उद्घाटन गरिँदै



अ+ अ-

काठमाडौं । २०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त धरहरा स्तम्भको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य सम्पन्न भएसँगै यही बैशाख ११ गते धरहराको उद्घाटन गरिंदैछ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा स्तम्भको मुख्य निर्माणकार्य सम्पन्न भएपछि बैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट धरहराको उद्घाटन गर्ने कार्यक्रम तय गरिसकेको छ । त्यसैले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिको रुपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले धरहरा स्तम्भको अवलोकन गर्नुभएको छ । सो क्रममा बैशाख १० गते भित्र धरहरा स्तम्भ भित्र गर्नुपर्ने सम्पूर्ण काम सम्पन्न गर्न निर्देशन समेत दिनुभयो ।

प्राधिकरणका प्राविधिक सल्लाहकार राजुमान मानन्धरले धरहरा स्तम्भको मुख्य निर्माण कार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो । तर केही फिनिसिङ्को काम बाँकी रहेको र अवको ५ दिन भित्रमा सबै सम्पन्न भइसक्ने पनि बताउनुभयो । अहिले रङ्रोगन गर्ने, बत्ती जडान गर्ने लगायतका काम धमाधम भइरहेको छ । उहाँले अहिले धरहरा स्तम्भको ९८ प्रतिशत काम सम्पन्न भइसकेको बताउनुभयो ।

धरहरामा धरहरा स्तम्भसँगै कार पार्किङ स्थल, उद्यान, म्युजियम लागयतका संरचनाहरु बन्नेछन् । अहिले धरहरा स्तम्भको मात्रै निर्माण सम्पन्न भएको हो । बाँकी काम पनि धमाधम भइरहेको मानन्धरले बताउनुभयो । विशुद्ध पर्यटकीय स्थलका रुपमा निर्माण गरिएको धरहरामा मिन्ट म्युजियम र अर्थ क्वेक म्युजियम रहनेछन् । धरहरामा चढ्ने र ओर्लिने गरी दुईतर्फि लिफ्ट हुनेछन् । धरहराको २० औं तलामा काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्नका लागि सिसाले घेरिएको भ्यु डेक बनाइएको छ । धरहराको कुल उचाई २ सय ४५ फिट रहेको छ ।