२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु स्याङ्जाका रोमकान्त रेग्मीको मौरी व्यवसाय, वार्षिक रु ८ लाख आम्दानी सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता निर्धारित समयमा बस्न नसकेको प्रतिनिधिसभा बैठक २ बजे सारियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्र सुधारका केही किरण देखिन थालेको छ: अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बाह्य परिसूचक र तरलताको अवस्थामा सुधार भएको बताउनु भएको छ ।

दसैं, तिहार, छठ, नेपाल संवतलगायतको अवसरमा महासंघद्वारा आयोजित शुभकनमा आदान प्रदान कार्यक्रममा अध्यक्ष ढकालले अर्थतन्त्र सुधारका केही किरण देखिन थालेको बताउनु भयो । अध्यक्ष ढकालले समन्वयात्मक रूपमा अघि बढे अर्थतन्त्र सुधारको चरणमा प्रवेश गर्ने पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो ‘अर्थतन्त्रका बाह्य परिसूचक र तरलताको अवस्थामा सुधार भएको अहिलेको अवस्थामा समन्वयात्मक रूपमा अगाडि बढ्न सकियो भने हामी सुधारको नयाँ चरणमा प्रवेश गर्नेछौं। किनभने अहिले आयात गर्न पर्याप्त सञ्चिति छ। सञ्चितिसँगै चालु खाता र शोधानान्तर अवस्थामा सकारात्मक रहेको हुँदा विदेशी लगानीकर्तालाई पनि ढुक्क हुने अवस्था छ। रेमिट्यान्सले बजार चलायमान बनाइराख्ने नै छ।’

अध्यक्ष ढकालले अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आयोग बनाउन प्रधानमन्त्री सकारात्मक भएको र त्यसमा सबै क्षेत्रको प्रतिनिधित्व हुने आशा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘अर्थतन्त्रका बाह्य परिसूचक र तरलताको अवस्थामा सुधार भएको अहिलेको अवस्थामा समन्वयात्मक रूपमा अगाडि बढ्न सकियो भने हामी सुधारको नयाँ चरणमा प्रवेश गर्नेछौं। किनभने अहिले आयात गर्न पर्याप्त सञ्चिति छ। सञ्चितिसँगै चालु खाता र शोधानान्तर अवस्थामा सकारात्मक रहेको हुँदा विदेशी लगानीकर्तालाई पनि ढुक्क हुने अवस्था छ। रेमिट्यान्सले बजार चलायमान बनाइराख्ने नै छ।’

ढकालले अर्थतन्त्र सुधार भएमा बैंक तथा वित्तीय संस्था लगानीका लागि तयार रहेकोबताउनु भयो । उहाँले बैंक तथा वित्तीय संस्थासँग अहिले पाँच खर्ब रुपैयाँ रहेको रअर्थतन्त्रमा सुधार भए ब्याजदर कमी हुँदै जाने तर त्यसा लागि नीतिगत सुधार र स्थायित्व भने कायम हुनुपर्ने बताउनु भयो ।




भर्खरै