२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विश्वकप : दक्षिण अफ्रिकाद्वारा बंगलादेश १४९ रनले पराजित



अफ्रिकाका क्वीन्टन डी कक ब्याटिङ गर्दै (फाइल)
अ+ अ-

आइसिसी विश्वकप क्रिकेट अन्तर्गत मुम्बईको वान्खडे रंगशालामा सम्पन्न दिवारात्रि खेलमा दक्षिण अफ्रिकाले क्वीन्टन डी ककको व्यक्तिगत १७४ रन मद्दतले बंगलादेशलाई १४९ रनको विशाल अन्तरले पराजित गरेको छ ।

जितका लागि ३८३ रनको विशाल लक्ष पछ्याएको बंगलादेशको टोलीले ४६.४ ओभरमा सबै विकेट गुमाएर २३३ रन मात्र बनाएको थियो । नियमित अन्तरालमा विकेट गुमाएसँगै बंगलादेश निरन्तर दबाबमा परेको थियो ।

अघिल्लो क्रमका बंगलादेशी ब्याट्सम्यानहरु सस्तैमा आउट भएका थिए । अर्थात् तन्जिड हसन १२, लिटोन दास २२, नजमूल सान्टो ०, कप्तान शकिब अल हसन १ तथा अनुभवी ब्याट्सम्यान मुस्फिकर रहिम ८ रन बनाएर आउट भएका थिए । ५८ रनभित्र पाँच विकेट गुमाएको बंगलादेशले ८१ रन बनाउँदा छैटौं तथा १२२ रन बनाउँदा सातौं विकेट गुमाएको थियो ।

तर महमुदुल्लाहले अफ्रिकी बलरको प्रतिरोध झेल्दै व्यक्तिगत १११ रन बनाए ।

यसबाहेक मेहदी हसन मिर्जाले ११, नसुम अहमदले १९, हसन महमुदले १५ रन, मुस्तफाजुर रहमानले ११ तथा शोरिफोल इस्लामले अविजित ६ रनको योगदान गरे ।

अफ्रिकाका लागि गेराल्ड कोजीले तीन, मार्को यान्सेन, लिजाड विलियम्सन र कागिसो रबाडाले समान दुई दुई विकेट लिएका थिए भने केशव महाराजले एक विकेट लिएका थिए ।

यसअघि दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ गरेको थियो । अफ्रिकाले प्रारम्भिक ब्याट्सम्यान क्विन्टन डी ककको सानदार १७४ तथा हेनरिक क्लासेनको ९० रन मद्दतले पाँच विकेटको क्षतिमा ३८२ रन बनाएको थियो ।

अफ्रिकाका लागि रीजा हेन्ड्रीकले १२, रासी भान डर डुसेनले १, कप्तान एडेन मार्करमले ६०, डेभिड मिलरले ३४ तथा मार्को यान्सेनले १ रन बनाएका थिए ।

यो जितसँगै अफ्रिकाले ५ खेलबाट ८ अंक हासिल गरेको छ । अंक तालिकामा अफ्रिका दोस्रो स्थानमा उक्लेको छ । बंगलादेश भने ५ खेलबाट २ अंक सहित अंक तालिकाको पुछारमा छ ।

पछिल्लो अंक तालिका (शीर्ष चार टिम)

१. भारत – ५ खेल – १० अंक
२. दक्षिण अफ्रिका – ५ खेल – ८ अंक
३. न्युजील्यान्ड – ५ खेल – ८ अंक
४. अस्ट्रेलिया – ४ खेल – ४ अंक