१ असार २०८३, सोमबार
,
Latest
झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा स्पष्ट धारणा सार्वजानिक गर्न राप्रपाको माग निजी क्षेत्रले पनि विधि विज्ञान प्रयोगशाला खोल्न पाउने गरी कानूनी व्यवस्था गर्नुपर्दछः मन्त्री पुन काम नगर्ने ठेकेदारकाे ‘खुट्टा भाँच्ने’ मन्त्री लम्सालको अभिव्यक्तिपछि विवाद, कानुन विपरित भएको भन्दै आलोचना आगामी आवको बजेट सुधारको दिशामा अग्रसरः नेडेव गोदावरी सामुदायिक वन क्षेत्रमा टेम्पो भिरबाट पल्टाइएको घटनाबारे छानबिन समिति गठन गिरीबन्धु टी–स्टेट प्रकरणकाे फाइल एक नम्बरमा खाेल्न सरकारलाई संसाद अर्यालकाे चुनौती सुस्तामा भारतीय सुरक्षाकर्मीको हस्तक्षेप र सरकारी उदासीनताप्रति सांसद काउचाको आपत्ति उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु संसद्‌को रेकर्डबाट प्रधानमन्त्रीको विवादित अभिव्यक्ति हटाउन नेकपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्मारमा नेपालीभाषी दम्पत्तिको गोली हानी हत्या



अ+ अ-

काठमाडौँ । म्यान्मारमा नेपालीभाषी दम्पत्तिको सुरक्षाकर्मीले प्रहार गरेको गोली लागेर मृत्यु भएको छ । मंगलबार बिहान उनीहरुको शव नजिकको सडक किनारमा भेटिएको समाचार एजेन्सीहरुले जनाएका छन् । मारिनेहरुमा नेपालीभाषी किसन गौतम र उनकी पत्नी हरिमाया छिन् ।

भारतको सीमावर्ती म्यानमारको सहर तमुमा उनीहरुको हत्या भएको बताइएको छ । ती दम्पत्तिले त्यहाँ गाइपालन व्यवसाय गर्दै आइरहेका थिए । मारिनुअघि उनीहरु कन्टेनरमा दूध भरेर बजारमा विक्री गर्न लैजाने तयारीमा रहेको बताइएको छ ।

सेनाले गोली प्रहार गरेपछि उनीहरुलाई स्थानीय समाजसेवी समूहले उद्दार गरेर नजिकको अस्पताल लगेका थिए । उनीहरुको मंगलबार अपरान्ह हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको छ । मृतकहरुको एक छोरी र दुई छोरा थिए । म्यानमारमा सेनाले सत्ता कब्जा गरेपछि विरोध प्रदर्शन हरु हुँदै आएका छन् । जसमा सेनाको गोली लागेर हालसम्म थुप्रैप्रदर्शनकारी तथा स्थानीयहरुले ज्यान गुमाइसकेका छन् ।  




भर्खरै