१ असार २०८३, सोमबार
,
Latest
उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्युठान जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो (अपडेट)



अ+ अ-

प्युठान । प्युठानको स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

स्वर्गद्वारी मन्दिर नजिकैको रुमालेमा आज बिहान  पवित्र तिर्थस्थल स्वर्गद्वारी दर्शन गर्न जाँदै गरेको लु १ च १६५५ नम्बरको जीप दुर्घटना हुन पुगेको थियो । २ जनाको घटनास्थलमै र ३ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्यामलाल न्यौपाने, ईश्वरी भण्डारी, सुर्य पन्थी, यमलाल पन्थी र केशव कार्की रहेका छन् ।

गाडीमा १५ जना सवार रहेको बताइएको छ । दुर्घटनास्थलमा उद्दारका लागि स्थानीयबासी, नेपाल प्रहरी, नेपाली सेना परिचालन गरिएको छ ।