२५ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिडलाई पछि पार्दै बार्सिलोना बन्यो विश्वकै धनी क्लब



अ+ अ-

एजेन्सी ।  विश्वका धनी क्लबहरुको सूचीमा बार्सिलोना पहिलो नम्बरमा पर्न सफल भएको छ । 

फोर्ब्सले सार्वजनिक गरेको नयाँ सूचीअनुसार स्पेनिस क्लब बार्सिलोनाले अर्को स्पेनिस क्लब बार्सिलोनालाई पछि पार्दै विश्वकै सर्वाधिक धनी क्लब बनेको हो ।

फोर्ब्सका अनुसार बार्सिलोनाको मूल्य ४.७६ विलियन डलर रहेको छ ।

यस्तै दोस्रो स्थानमा रहेको रियलको मूल्य ४.७५ विलियन डलर रहेको छ ।

तेस्रो स्थानमा रहेको बायर्न म्युनिखको मूल्य ४.२१ विलियन, चौंथो स्थानको म्यानचेस्टर युनाईटेडको ४.२० विलियन र पाँचौं स्थानको लिभरपुलको ४.१० विलियन डलर रहेको छ ।

यस्तै छैटौं स्थानको म्यानचेस्टर सिटीको मूल्य ४ विलियन रहँदा चेल्सीको ३.२० विलियन र आर्सनलको २.८० विलियन डलर रहेको छ ।

नवौं स्थानको पीएसजीको मूल्य २्.५० रहँदा दशौं स्थानमा रहेको टोटेनहमको मूल्य २.३ विलियन रहेको छ ।