२७ जेष्ठ २०८३, बुधबार
,
Latest
प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति नेता आङ्देम्बेले संसदमा प्रयोग गरेका ‘अपमानजनक शब्द’ हटाउन रास्वपा सांसद बास्कोटाकाे माग नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन: एमाले नेता थापा संसदको विद्यमान संकट समाधान गर्ने काम प्रधानमन्त्री र रवि लामिछानेको हातमा छः बादल कुलमान भन्छन्ः वागमती प्रदेशमा अब हामी सरकार बनाउँछौँ मिचिएको भूमि फिर्ता ल्याउन सरकारले ठोस पहल गर्नुपर्छ: कांग्रेस नेता आङदेङम्बे अब उप्रान्त संसदमा प्रधानमन्त्रीलाई खोजिँदैन, प्रधानमन्त्री भन्दा ठूलो मुलुकको समस्याबारे संसदमा छलफल गरौँः भीष्मराज आङदेम्बे खुश्बु ओलीलाई ज्यान मार्ने धम्कीबारे अनुसन्धान गर्ने गृहमन्त्री गुरुङको आश्वासन प्रधानमन्त्रीको बिबादित अभिव्यक्ति बारे सदनमा परराष्ट्रमन्त्री शिशिरको स्पष्टीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल परिसङ्घ युएनसीडीएफको ‘वेब प्लेटफर्म’मा आबद्ध



अ+ अ-

काठमाडौँ : संयुक्त राष्ट्रसङ्घ पूँजी विकास कोष (युएनसीडीएफ) को ‘अगोरा’ वेब प्लेटफर्ममा नेपाल उद्योग परिसङ्घ (सिएनआइ) आवद्ध भएको छ । लगानी तथा व्यापार अभिवृद्धिमा सहयोग गर्न सो प्लेटफर्म मा खडा गरिएको हो ।

परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल र यूएनसीडीएफका उपकार्यकारी सचिव जेभियर मिचोनले अगोरा प्लेटफर्म सञ्चालन तथा आबद्धतासम्बन्धी समझदारीपत्र आज आदानप्रदान गर्नुभयो । अगोरा प्लेटफर्ममा आवद्ध भएको नेपाल उद्योग परिसङ्घ नेपालको पहिलो संस्था हो ।

आगामी दिनमा परिसङ्घले नेपाली उद्योगहरूको लागि लगानी प्रवद्र्धनलाई बढावा दिन अगोरा प्लेटफर्मलाई अगाडि बढाउनेछ । उत्पादन तथा सेवामुलक उद्योगहरुको प्रतिनिधिमुलक संस्था परिसङ्घले अगोराको घरेलु परिनियोजनको निरीक्षण गर्नेछ । नेपालका उद्यमी एवं व्यवसायीहरूलाई उद्यमशिलताको विकासका लागि आवश्यक पर्ने वित्तियसहित विशेषज्ञता आवश्यकताको आधारमा दिइनेछ ।

परिसङ्घका अध्यक्ष अग्रवालले युएनसीडीएफसँगको सहकार्यबाट नेपालमा लगानीको परिदृश्यलाई रूपान्तरण गर्न अगोरा प्लेटफर्म महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । यूएनसीडीएफका उपकार्यकारी सचिव मिचोनले परिसङ्घसँगको अर्थपूर्ण सहकार्य र साझेदारीले नेपाली वस्तुको अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न सहयोग हुने बताउनुभयो ।रासस




भर्खरै