काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी भएको छ ।
आइतबार दिँउसो आगलागी भएसँगै काठमाडौँ महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका,नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रको दमकल आगलागी नियन्त्रणका लागि त्यसतर्फ परिचालन गरिएको छ ।
दमकलले मात्रै आगलागी नियन्त्रणमा आउन नसक्ने अवस्था भएपछि निभाउन हेलिकप्टरबाट पनि पानी खसाल्ने तयारी गरिएको छ ।
बिहान १० बजदेखि आगलागी सुरु भएको बताइएको छ ।












