१ असार २०८३, सोमबार
,
Latest
रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुढानीलकण्ठमा तीन दलको बैठक सुरु, सत्ता समीकरणबारे छलफल हुने



अ+ अ-

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक देउवा निवास बुढानीलकण्ठमा सुरु भएको छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरु सत्ता समीकरणका लागि देउवा निवासमा जुटेका हुन् । 

बैठक अघि जसपाका शीर्ष नेताहरु आन्तरिक छलफल जुटेका कारण उनीहरु बैठकमा ढिला सहभागी भएका हुन् । 

बैठकमा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुङ सहभागी भएका छन् ।

यस्तै जसपाका डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ र अशोक राई पनि बैठकमा पुगेको बताइएको छ ।