२५ असार २०८३, बिहीबार
,
Latest
लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ तीन सय आठ केजी गाँजा बरामद अमेरिकाले जर्मनीलाई टोमाहक मिसाइल बिक्री गर्ने महर्जन दक्षिण कोरिया प्रस्थान सरकारका खुट्टा भुइँमा छैनन्, यो उम्लिएको दुध होः अध्यक्ष ओली दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

डि ब्रुएना २०२५ सम्म सिटीमै रहने



अ+ अ-

एजेन्सी । म्यान्चेस्टर सिटीका स्टार खेलाडी केभिन डि ब्रुएना सन् २०२५ सम्म म्यानचेस्टर सिटीमै रहने भएका छन् । क्लबले राखेको नयाँ प्रस्ताव स्वीकार गर्दै उनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

२९ वर्षीय बेल्जियन स्टार ब्रुएनाले क्लबसँग थप चार वर्षका लागि सम्झौता गरेका हुन् । क्लबसँगको सम्झौता सकिन अझै दुई वर्ष बाँकी रहँदा क्लबले उनलाई नयाँ सम्झौता अफर गरेको थियो ।

उनी सन् २०१५ मा जर्मन क्लब वुल्फ्सवर्गबाट म्यान्चेस्टर सिटी आएका थिए । मिडफिल्डरको भूमिकामा मैदानमा उत्रने उनले सिटीबाट १७७ खेल खेल्दै ४२ गोल गरेका छन् । यस्तै बेल्जियममा २०१० बाट खेल्दै आएका उनले ८० खेलमा २१ गोल गरेका छन् ।