२५ असार २०८३, बिहीबार
,
Latest
लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ तीन सय आठ केजी गाँजा बरामद अमेरिकाले जर्मनीलाई टोमाहक मिसाइल बिक्री गर्ने महर्जन दक्षिण कोरिया प्रस्थान सरकारका खुट्टा भुइँमा छैनन्, यो उम्लिएको दुध होः अध्यक्ष ओली दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको मौसम आज पनि धुम्म, कहिलेसम्म यस्तो रहनेछ ?



अ+ अ-

काठमाडौं । काठमाडौंमा प्रदुषणका काराण आज पनि भिजिबिलिटी कम देखिएको छ । काठमाडौंको भिजिबिलिटी २ देखि ३ किमीसम्ममा सिमित भएको छ । 
चैतको दोस्रो सातादेखि देशका ७७ जिल्ला मध्य ६० जिल्लामा नै डढेलो लागेपछि त्यसबाट निस्केको धुँवाले काठमाडौंमा वायुप्रदूषण फैलिएको हो । चैत १८ गते विभिन्न ठाउँमा हल्का वर्षा भएपछि घट्दै गएको वायुप्रदूषण अहिले पुनः बढ्न थालेको छ । 

वातावरणविद्हरुका अनुसार वायुप्रदूषणलाई  ‘स्वास्थ्य संकटकाल’ भनेर नाम दिएको छ । सुदूरपश्चिमको धनगढीदेखि दाङ, पोखरा हुँदै राजधानी उपत्यकासम्मको वायु गुणस्तर विश्व स्वास्थ्य संगठनले मापन गरेभन्दा खतराको तहमा पुगेको विद्हरु बताउनु हुन्छ वायुप्रदूषणको गुणस्तर (एक्यूआइ) ४ सय पीएमभन्दा माथि पुग्नुले काठमाडौंवासीका लागि चिन्ताको विषय बनेको हो । 

डब्लुएचओका अनुसार एक्युआइ ३५ भन्दा तल हुनुपर्छ । ५१ देखि १ सयसम्मको एक्युआइलाई सामान्य मानिन्छ भने २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्लुएचओले ३०१ भन्दा माथि पुगे घातक हुने जनाएको छ । तर, नेपालको वायुप्रदूषण ४ सय एक्युआइभन्दा माथि छ । जल तथा मौसम विज्ञान विभागका अनुसार ठूलै हावा नचले र पानी नपरेसम्म अहिलेको वायुमण्डल सफा हुनेछैन ।

नेपालमा चाँडै फायर फाइटर विमान ल्याउन तयारी भएको वनमन्त्री प्रेम ओलेले बताउनु भएको छ  । वातावरण मन्त्रालयका प्रवक्ता प्रकाश लम्सालका अनुसार सरकारले अझै केही दिन प्रदूषणमा सुधार नभए मात्र नयाँ रणनीति अघि सार्ने जानकारी दिनुभयो । साथै उहाँले भन्नुभयो तत्काल हामीसँग कुनै पनि योजना रहेको छैन ।

सार्वजनिक यातायातका साधनमा जोरविजोर लागु गर्ने वा उद्योग कलकारखाना बन्द गर्ने मन्त्रालयको योजना नरहेको उहाँले स्पष्ट पार्नुभयो । काठमाडौं उपत्यकाले अहिले संसारकै प्रदूषित सहरको रुपमा खराब कीर्तिमान राखिरहेको छ । 

आइक्यूएयरको तथ्याङ्कले पछिल्लो साता नेपालसहित एसियाली मुलुकमा तुवाँलोको अवस्था विकराल बन्दै गएको देखाएको छ । वायूप्रदूषणमा हुनुमा नेपालमा लागेको डढेलो मात्र जिम्मेवार नभएर भारतको विभिन्न स्थानमा खेतीबालीका लागि एकैपटक लगाइएको आगोले समेत नेपालमा असर परेको विद्हरु बताउनु हुँन्छ ।