२५ असार २०८३, बिहीबार
,
Latest
दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा सरकारले १० हजार पार्किङ जरिवाना तिराएको तनावले युवाद्वारा आत्मदाह प्रयास स्थानीय तह गैरदलीय बनाउने तथा प्रदेश सभा खारेज गर्ने विषयलाई संविधान संशोधनको बहस बनाउन मिल्दैनः… देशले गर्व गर्ने क्रिकेट खेल्छौँः नेपाली यु–१९ महिला टोली
तपाईं के खोज्दै हुनुहुन्छ ?

आहा रारा गोल्डकपः सेमिफाइनल समिकरण पूरा



अ+ अ-

कास्की । पोखरामा जारी १९औं संस्करणको आहा रारा गोल्डकप प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ । 

पोखरा रंगशालामा आज नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई ४–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्दा सेमिफाइनल समिकरण पूरा भएको हो । मंगलबार मात्र बाग्मती गोल्डकपको उपाधि जितेर पोखरा भ्रमण गरेको टोली थ्री स्टारलाई पुलिसले पराजित गरेर अफ्रिनक रुट्सँगको भेट पक्का गरेको हो ।

सुरुआतबाट नै दबाब दिएर खेलेको पुलिसले  २९ औं मिनेटमा बुद्धबल तामाङले ‘वान टच’मा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । पहिलो हाफमै १–० ले पछि परेको थ्रीस्टारले दोस्रो हाफमा थप तीन गोल खान पुग्यो ।

६८ औं मिनेटमा पुलिसले दोस्रो गोल थप्यो । सुमन लामाले बायाँ डिबक्स तर्फ उपलब्ध गराएको पासलाई निरकुमार राईले तेज तामाङको लागि व्याकपास उपलब्ध गरे । तामाङले क्रसबार च्याप्दै गोल गरेपछि पुलिस जित तर्फ उन्मुख हुदैं गयो । ७४ औं मिनेटमा सुमन लामाको व्यक्तिगत दोस्रो क्रस पासमा बुद्धबल तामाङ नेपाल पुलिसका लागि तेस्रो गोल गदैै फराकिलो नजिता तर्फ अगाडि बढ्यो । ८६ औं मिनेटमा सुमन लामाको पासमा सौजन राईको क्लिन फिनिसिङ  गर्दै नेपाल पुलिसलाई ४–० अग्रता सँगै जित सुनिश्चित बनाए ।

म्यान अफ दि म्याचको हकदार भने तेज तामाङ घोषित भए । बुधबार खेलको पहिलो सेमिफाईनल खेल संकटा विरुद्ध सशस्त्र प्रहरी बलबीच हुनेछ ।