२५ असार २०८३, बिहीबार
,
Latest
दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा सरकारले १० हजार पार्किङ जरिवाना तिराएको तनावले युवाद्वारा आत्मदाह प्रयास स्थानीय तह गैरदलीय बनाउने तथा प्रदेश सभा खारेज गर्ने विषयलाई संविधान संशोधनको बहस बनाउन मिल्दैनः… देशले गर्व गर्ने क्रिकेट खेल्छौँः नेपाली यु–१९ महिला टोली
तपाईं के खोज्दै हुनुहुन्छ ?

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काभ्रे । रामेछाप दोरम्बा गाउँपालिका-६ घर भएकी पुर्णकला भन्ने पुजा दमाईको हत्यामा संलग्न रहेको अभियोगमा काभ्रे रोशी गाउँपालिका-४ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोल डेरा गरी बस्ने रोशन भन्ने २२ वर्षीय बिजय तामाङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

बनेपा नगरपालिका-८ स्थित सडकमा आइतबार बिहान पुजा दमाई मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय काभ्रे र ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनलाई भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित डेराकोठाबाट पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानको क्रममा तामाङले आफूलाई चोरीको आरोप लगाएकोले रिसको झोकमा अत्यधिक मदिरा सेवन गरेकी पुजालाई बसपार्कको सडक पेटीमा कन्चट, छाती लगायत शरीरका बिभिन्न संवेदनशिल अङ्गहरुमा प्रहार गरी हत्या गरेको खुल्न आएको छ ।  

यसैगरी करिब ३५ वर्षीया महिलाको हत्या गरेको अभियोगमा ३ जना किशोर र १ जना किशोरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । बनेपा नगरपालिका-८ स्थित बसपार्कमा पार्किङ गरी राखेको बा.२ ख २४२७ नम्बरको बसभित्र ती महिला आइतबार मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय काभ्रे र ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानको क्रममा मृतक महिलासँग शारीरिक सम्पर्क गर्ने कार्यमा बिवाद भई घटनामा आफूहरुको पहिचान खुल्ने डरले सबै जना मिलि हत्या गरेको खुल्न आएको छ । 
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।