२५ असार २०८३, बिहीबार
,
Latest
लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ तीन सय आठ केजी गाँजा बरामद अमेरिकाले जर्मनीलाई टोमाहक मिसाइल बिक्री गर्ने महर्जन दक्षिण कोरिया प्रस्थान सरकारका खुट्टा भुइँमा छैनन्, यो उम्लिएको दुध होः अध्यक्ष ओली दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोरोनाः राजधानी दिल्लीमा रात्रिकालीन कर्फ्यु घोषणा



अ+ अ-

एजेन्सी । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै दैनिक उच्च संख्यामा संक्रमित थपिदै आएका छन् । पछिल्लो २४ घण्टामा ९६ हजार ५५७ नयाँ संक्रमित थपिएका छन् । 

केही दिन पहिले मात्र महाराष्ट्रामा लकडाउनको घोषणा भएको भारतमा अब राजधानी दिल्लीमा पनि कोरोना भाइरस संक्रमण रोकथामका लागि रात्रिकालीन कर्फ्यु जारी गरिएको छ । 

दिल्ली राज्य सरकारले मंगलबारदेखि लागू हुने गरी राति १० बजेदेखि बिहान ५ पाँचबजेसम्म लागि कर्फ्यु लगाउने निर्णय गरेको हो ।

आगामी ३० अप्रिलसम्मका लागि कर्फ्यु जारी हुनेछ । विगत केही सातायता दिल्लीलगायत प्रमुख सहरहरुमा संक्रमण तीव्र बन्दै गएको छ । दिल्लीमा सोमबार मात्र ३ हजार ५४८ संक्रमित थपिएका थिए भने १५ जनाले यस भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् । 

आइतबार एक दिनमा मात्रै भारतमा १ लाख ३ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका थिए ।