२५ असार २०८३, बिहीबार
,
Latest
दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा सरकारले १० हजार पार्किङ जरिवाना तिराएको तनावले युवाद्वारा आत्मदाह प्रयास स्थानीय तह गैरदलीय बनाउने तथा प्रदेश सभा खारेज गर्ने विषयलाई संविधान संशोधनको बहस बनाउन मिल्दैनः… देशले गर्व गर्ने क्रिकेट खेल्छौँः नेपाली यु–१९ महिला टोली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिलेको प्रदुषण हटाउन के गर्ने, यसले कस्तो असर गर्छ ?



अ+ अ-

प्रदुषण फेरी कहालीलाग्दो अवस्थामा पुगेको छ I यो छिट्टै हट्ने संकेत देखिएको छैन I कति राजनीतिका कुरा मात्र गर्ने ? प्रदुषण बिकराल भएको अवस्थामा अल्पकालीन रणनीतिमा सक्रिय तथा सधै दीर्घकालीन रणनीतिमा क्रियाशील हुनुको बिकल्प छैन I प्रदुषण खतरनाक मन्द बिष हो ,हाम्रा बालबालिका, जेष्ठ नागरिक तथा दीर्घबिरामीलाई प्रदुषणले दिन प्रतिदिन अस्वस्थ बनाइरहेको छ  ।  

अहिलेको प्रदुषण हटाउनको लागि  तत्काल के गर्ने ? 
१) जोर र बिजोर सवारीसाधन संचालन 
२)वर्क फ्रम होम 
३) हप्तामा २ दिन बिदा 
४)महिनाको एकपटक ‘ भेहिकल होली डे ‘ को ब्यबस्था 
५ )अनलाइन प्रणालीको भरपुर उपयोग 
६) पोलिथिन प्रयोगमा निषेध 
७)फोहोरलगायत अन्य बस्तु जलाउन निषेध 
८) आगालागी गर्नेलाई कडा कारबाही 
९) ट्राफिक प्रहरी सक्रिय भएर शंकास्पद हरेक सवारी साधानको सडकमै प्रदुषण जांच अनि प्रदुषणमा फेल भएका सवारीसाधनमा जरिवाना 
१०) इट्टाभट्टा लगायत प्रदुषण बढाउने कारखाना स्थानान्तरण 
११)अभियानको रुपमा सरसफाई र वृक्षारोपण 

हाल देखिएको प्रदुषणले कस्तो असर पुर्योउछ ?
१)मुटु र फोक्सोलाई बिरामी बनाउँछ 
२)मुटु र फोक्सोलाई धपेडी गराउँछ 
३ स्वाश्प्रश्वास प्रणालीका कोष नष्ट गर्छ 
४ दम, ब्रोंकाइटिस तथा क्यान्सर गराउँछ 
५)मुटु, फोक्सो तथा मष्तिस्कजन्य दीर्घरोगले मृत्यु गराउँछ 
६) फोक्सोको क्यान्सर हुन्छ 
७) फोक्सो ड्यामेज गराउँछ 
८)मानसिक समस्या निम्त्याउँछ 
९)गर्भवती, सुत्केरी तथा शिशुलाई निकै असर गर्छ 
१०)आयु घटाउँछ  आदि 
सकभर घरभित्र बसौं  बाहिर जाँदा चस्मा, मास्क, लाम्बाहुले कपडा, सनस्क्रिन लोसन तथा स्यानिताइजरको प्रयोग गरौँ  !

-डा. रवीन्द्र पाण्डे