२५ असार २०८३, बिहीबार
,
Latest
टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा सरकारले १० हजार पार्किङ जरिवाना तिराएको तनावले युवाद्वारा आत्मदाह प्रयास स्थानीय तह गैरदलीय बनाउने तथा प्रदेश सभा खारेज गर्ने विषयलाई संविधान संशोधनको बहस बनाउन मिल्दैनः… देशले गर्व गर्ने क्रिकेट खेल्छौँः नेपाली यु–१९ महिला टोली प्रतिनिधि सभामा सम्पती शुद्धीकरण र सार्वजनिक खरिद लगायतका चार विधेयक टेवल सरकारले साँच्चिकै संविधान संशोधन गर्न खोजेको भए संविधानका आधारभुत मूल्य–मान्यतामा प्रवेश नगर्ने निर्णय क्याबिनेटबाट गरोस्ः… पार्टी एकताका लागि महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको हुँ, मन्त्री पदसँग कुनै सम्झौता भएको छैनः कविन्द्र… पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने आलेमगर पक्राउ राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. रावल



अ+ अ-

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मङ्गल रावल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले डा. रावललाई उपकुलपति नियुक्त गर्नुभएको हो । 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति हृदेश त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसबमोजिम प्रधानमन्त्री ओलीले डा. रावललाई नियुक्त गर्नुभएको हो । सिफारिस समितिले प्रतिष्ठानमा कार्यरत सहप्रध्यापक डा रावलसँगै प्रा. डा. रेशम राना र सहप्रध्यापक डा. पुजनकुमार रोकायाको नाम सिफारिस गरेको थियो । 

गत फागुन १६ गते प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजेन्द्रराज वाग्लेको पदावधि सकिएपछि उक्त पद खाली भएको थियो । तत्पश्चात डा रावलले कार्यवाहक उपकुलपतिको जिम्मेवारी सम्हालिरहनुभएको थियो । आइतबार प्रधानमन्त्री ओलीले हुम्ला निवासी डा. रावललाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेपछि कर्णालीवासी भने निकै खुशी भएका छन् । 

त्यसैगरी प्रधानमन्त्री ओलीले आइतबार नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा डुकबहादुर क्षेत्रीलाई उपकुलपति नियुक्त गर्नुभएको छ । नियुक्त उपकुलपतिहरुको कार्यकाल चार वर्षको हुनेछ । 
 




भर्खरै