२५ असार २०८३, बिहीबार
,
Latest
सरकारका खुट्टा भुइँमा छैनन्, यो उम्लिएको दुध होः अध्यक्ष ओली दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा सरकारले १० हजार पार्किङ जरिवाना तिराएको तनावले युवाद्वारा आत्मदाह प्रयास स्थानीय तह गैरदलीय बनाउने तथा प्रदेश सभा खारेज गर्ने विषयलाई संविधान संशोधनको बहस बनाउन मिल्दैनः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई परिवर्तन गराउन सक्ने कोही धामी, झाक्री भए देखाईदिनु : माधव नेपाल



अ+ अ-

काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु आधिकारिक एमाले भएको दाबि गर्दे पार्टी अध्यक्ष केपी शर्मा ओलीले फाल्दैमा आफूहरु नफालिने बताउनु भएको छ ।  बुद्धनगरको एक पार्टी प्यालेसमा आयोजित काठमाडौं जिल्लाको समानान्तर कमिटी घोषणा कार्यक्रममा नेता  नेपालले भन्नुभयो 'केपीले फालिएर हामी फालिने हौँ ? उनले ल्याएर हामी आएका हौँ ? कसैले प्रधानमन्त्री पदको फुर्ती लगाउँछ भने त्यसको कुनै दम छैन। जालझेल षडयन्त्रको आधारमा कसैले फुर्ती लाउँछ भने त्यसको पनि काम छैन।"

उहाँले कुनै असहमति भए बैठक बस्नु पर्ने भएपनि अध्यक्ष ओली बैठक भने पछि भाग्ने गरेका कारण समस्या भएको बताउनु भयो । ओलीलाई कुरा बुझाउन सक्ने कोही भए आफुलाई देखाईदिन आग्रह गर्दै नेता नेपालले भन्नुभयो 'कोही धामी, झाक्री  छन कि उहाँको सोच परिबर्तन गराउन सक्ने । त्यो भए मलाइृ देखाईदिनु होला  ।"

प्रधानमन्त्री एबं अध्यक्ष ओलीप्रति आक्रोशित नेपालले भन्नुभयो 'उहाँलाई परिबर्तन गराउनु खोज्नु र वालुवा पेलेर तेल निकाल्छु भन्नु एउटै हो ,बामदेव गौतम प्रयास गर्दे हुनुहुन्छ केही दिन पछि हार मानेर हामी तीर नै आउनु हुन्छ हेर्दे जानुहोला । " नेपालले नवौँ महाधिवेशनमा आफूहरुको बिचार बिजयी भए पनि जालझेल ओलीले जितेको आरोप लगाउनु भयो । सरकारी कर छल्नेहरुलाई वालुवाटारमा बोलाएर सेवा गरेको भन्दै नेता नेपालले ओली नोकरशाही पूंजीपति वर्गको कित्तामा पुगेको आरोप लगाउनु भयो ।