२५ असार २०८३, बिहीबार
,
Latest
टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा सरकारले १० हजार पार्किङ जरिवाना तिराएको तनावले युवाद्वारा आत्मदाह प्रयास स्थानीय तह गैरदलीय बनाउने तथा प्रदेश सभा खारेज गर्ने विषयलाई संविधान संशोधनको बहस बनाउन मिल्दैनः… देशले गर्व गर्ने क्रिकेट खेल्छौँः नेपाली यु–१९ महिला टोली प्रतिनिधि सभामा सम्पती शुद्धीकरण र सार्वजनिक खरिद लगायतका चार विधेयक टेवल सरकारले साँच्चिकै संविधान संशोधन गर्न खोजेको भए संविधानका आधारभुत मूल्य–मान्यतामा प्रवेश नगर्ने निर्णय क्याबिनेटबाट गरोस्ः… पार्टी एकताका लागि महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको हुँ, मन्त्री पदसँग कुनै सम्झौता भएको छैनः कविन्द्र… पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने आलेमगर पक्राउ राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा इतिहासकार पन्तको पुस्तकालय अवलोकन



अ+ अ-

 काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सनिबार वडा नं १५ डल्लु आवासस्थित इतिहासकार महेशराज पन्तको निवासमा रहेको पुस्तकालयको अवलोकन गर्नुभएको छ । नेपालको इतिहास र संस्कृत विद्याको खोजी गर्ने संस्था ‘संशोधन मण्डल’ रहेको पन्तको निवासमा विसं १८४५ देखिका लालमोहर, मल्ल राजाका चिनो र प्राचीन धर्म एवं दर्शनका दुर्लभ ग्रन्थहरु सुरक्षित रुपमा सङ्ग्रह गरी राखिएका छन् ।

नेपालको इतिहासबारे लेखिएका अनुसन्धानात्मक कृतिहरुमा भएका गल्तीहरुको खण्डन र शुद्धीकरण गर्ने काम संशोधन मण्डलले २००९ सालदेखि गर्दैआएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले राष्ट्रका यस्ता बहुमूल्य निधिको संरक्षण र सम्बद्र्धन गर्नुपर्ने खाँचो औँल्याउनुभयो । 


उहाँले राष्ट्रको गौरवपूर्ण इतिहासलाई ओझेलमा पर्न नदिन र यसबारे भावी सन्ततिलाई जानकारी दिन संशोधन मण्डलजस्ता अन्वेषण र अनुसन्धानमा समर्पित संस्थाहरुको संस्थागत विकास हुनुपर्दछ भन्नुभयो । 
शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले प्राचीन ग्रन्थ एवं कृतिको रक्षा गर्दै संस्कृतिलाई जीवन्त राख्ने दायित्व सरकारको भएको बताउँदै संशोधन मण्डललाई कस्तो किसिमको सहयोग चाहिएको हो त्यसबारे एक ठोस कार्ययोजनासहितको प्रस्ताव दिन आग्रह गर्नुभयो । 


इतिहासकार पन्तले आर्थिक स्रोत, जनशक्ति र पुस्तक सङ्ग्रह गर्ने ठाउँ पर्याप्त नभएकाले संशोधन–मण्डलका लागि तीनै कुराको विस्तार भइदिए राम्रो हुने विचार व्यक्त गर्नुभएको थियो । रासस




भर्खरै